Nepal Life

सक्षम गभर्नरको अपेक्षामा नीजि क्षेत्र, व्यावहारिक अनुभव र बुझाइ भएका व्यक्तिलाई नियूक्ति गर्नुपर्ने

NMB Bank
  • BFIS News
  • 2025 Apr 02 16:35
सक्षम गभर्नरको अपेक्षामा नीजि क्षेत्र, व्यावहारिक अनुभव र बुझाइ भएका व्यक्तिलाई नियूक्ति गर्नुपर्ने
United Ajod

काठमाडौं, २०८१ चैत्र २० । नेपाल राष्ट्र वैंकको नया गभर्नर नियूक्तिको प्रकृया नेपाल सरकारले प्रारम्भ गरेसंगै नीजि क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले समग्र अर्थतन्त्रको विकास तथा उद्योग व्यवसाय क्षेत्रको विकासको गतिलाई तिव्र वनाउन अनुमानयोग्य नीतिगत सुधार गर्न सक्षम नेतृत्व नेपाल राष्ट्र वैंकले पाउने संगठनले अपेक्षा लिएको जनाएको छ । 

Shikhar
Nepal Life
NIMB

विगत केही वर्ष देखि अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको उदाशिनतालाई मध्यनजर गरी आर्थिक र वित्तीय क्षेत्रको गहिरो ज्ञान भएका देशको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, ब्याज दरको निर्धारण, वित्तीय स्थिरता जस्ता विषयले औद्योगिक र आर्थिक क्षेत्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले व्यावहारिक अनुभव र बुझाइ भएका व्यक्तिलाई गभर्नर नियूक्ति गर्नुपर्नेमा संगठनले जोड दिएको छ ।  

विगतमा राष्ट्र वैंकले लिएको कहिले अत्यन्त कसिलो र कहिले खुकुलो नीतिले आर्थिक एवं औद्योगिक क्षेत्र  प्रभावित भएको अनुभव भोगेको नीजि क्षेत्रले नया गभर्नर नियूक्ती गर्दा देशको आर्थिक अवस्थामा सुधार ल्याउने, व्यवासायीक विकासको गति तीव्र बनाउन र दीगो समृद्धि सुनिश्चित गर्न नेपालका उद्योग र व्यापारका जटिलताहरूलाई राम्रोसंग बुझेको योग्य नेतृत्व आवश्यक रहेको संगठनले जनाएको छ । 

नेपाल राष्ट्र वैंक नेपाल सरकार कै आर्थिक सल्लाहकारका रुपमा रहने भएको हुदा अर्थतन्त्रको वर्तमान जटिल समस्याहरुलाई सम्वोधन गर्दै स्वदेशी उद्योगहरूलाई विश्व स्तरमा प्रतिस्पर्धी बनाउन उद्योग व्यापारमैत्री नीति निर्माणको वतावरण वनाउन सक्षम, नेपालको मौद्रिक नीति र बैंकिङ प्रणालीलाई सुदृढ बनाई लगानी प्रवाह बढाउन सक्ने र आर्थिक वृद्धिको नया अवसरहरू सिर्जना गरी अर्थतन्त्रलाई एक स्थिर र सशक्त दिशा दिई जनताको आशा र विश्वासलाई नया उचाइमा पुर्याउन सक्ने नया सक्षम गभर्नर नियुक्त हुने अपेक्षा गरेको संगठनका अध्यक्ष राकेश सुरानाले वताए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया