राजावादीको कमजोर प्रदर्शनले शेयर बजारको उकालो यात्रा सुरु हुँदै, यि हुन शेयर बजारले सर्वाधिक रेकर्ड बनाउने ११ कारणहरु
- BFIS News
- 2025 Apr Tue 15:03

काठमाडौं । राजसंस्था पुनर्स्थापना सहितको माग राख्दै राप्रपाले आह्वान गरेको बृहत आमसभावमा नेपाल प्रहरी तथा सुरक्षा कर्मी भन्दा प्रदर्शनकारीको संख्या कम देखिएको छ । आम मानिसहरु गएको चैत १५ गतेको दिनलाई हेरेर पनि धेरै मानिसहरु अनुपस्थित भए । त्यसमा पनि विद्यमान दल तथा दलका नेताहरु प्रति असन्तुष्ट जनताहरु राजावादीहरुको आह्वानमा प्रदर्शनमा निष्कदै आएका थिए । त्यसमा पनि दुर्गा प्रसाईले पैसाको आडमा एउटा ठुलो जनमास बटुल्न सफल भएको थियो । उक्त मास देखेर विद्यमान दल तथा नेताहरु हस्किएका थिए ।
तर आज बल्खुमा भएको कमजोर आमसभाले अव यो शक्ति पनि कमजोर हुने संकेत देखिएको छ । यस सँगै शेयर बजार पनि अव सुधारको लयमा फर्किने पक्का छ । गएको केहि समयदेखि शेयर बजार बढ्न सकिरहेको थिए । आज पनि कारोबारको सुरुवातमा बजार बढ्न सकेन । तर बल्खुको आमसभाका फोटा सार्वजनिक भए पछि शेयर बजारमा एका एक रौनकता छाएको छ ।
मंगलबार नेप्से सूचक न्युनतम २६३२ अंकसम्म तल झरेर २६६६.६१ अंकसम्म पुगेको छ । यस हिसावले आज एकैदिन नेप्से सूचक ३५ अंकले सुधार भएको छ । आज बाठा लगानीकर्ताले राम्रो परिणाममा शेयर उठाएका छन् । मंगलबार ५ अर्ब ३० करोडको कारोबार हुँदा १२१ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ भने १२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यि हुन अवका दिनमा शेयर बजार बढ्ने प्रमुख आधारहरु
१. बैंकको व्याजदर ७/८ वर्ष यताकै तल्लो विन्दुमा रहेको छ । सस्तो व्याजदर शेयर बजारको सबैभन्दा बलियो आधार हो ।
२. बैंकिङ प्रणालीमा प्रयाप्त तरलता: हाल बैंकहरुको कर्जा र निक्षेपको अनुपात (सिडि रेसियो) ७९.३४ प्रतिशत छ । बैंकहरुले सिडि रेसियो ९० प्रतिशतसम्म कायम राख्न पाउछन् । यस हिसावले बैंकहरु सँग लगानी गर्ने प्रयाप्त स्पेस छ ।
३. नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाउदैः सरकारले छिट्टै नयाँ गभर्नर नियुक्ति गर्दैछ । शेयर बजार विरोध गभर्नरको ट्याग बनाएर बाहिरिएका महाप्रसाद अधिकारी चैत २२ गतेदेखि विदा भइसकेका छन् । यसले गर्दा उनको बहिर्गमनको सन्देश प्रवाह हुने र नयाँ गभर्नरको स्वागतका लागि पनि लगानीकर्ताले एक चरणको सुधारको अपेक्षा गरेका छन् ।
४. आर्थिक बृद्धिदर सुधारको लयमाः विगत ५/६ वर्षदेखि घट्दो क्रममा रहेको आर्थिक बृद्धिदर गएको वर्षदेखि सुधारको लयमा फर्किएको छ । यस वर्ष पनि नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशत भन्दा माथि हुने प्रक्षेपण गरिएको छ । यसले पनि शेयर बजारको सुधारलाई सपोर्ट गरेको छ ।
५. नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्काशनका लागि ७०/८० वटा कम्पनी पाइपलाइनमा छन् । यि कम्पनीहरुले आइपिओ निष्काशन गरेर दोस्रो बजारमा सूचिकृत हुँदै गर्दा त्यसले नेप्से सूचकमा सुधार ल्याउन सपोर्ट गर्नेछ ।
६. ब्रोकर कार्यालयहरु मर्जरको तयारीमा जुटेका छन् । ब्रोकरहरु मर्जर हुँदै गर्दा स्वयं ब्रोकरको कारोबार गर्ने क्षमता बढ्नेछ । साथै ब्रोकरले क्षमता बढाउदै गर्दा कारोबारको आकारमा बढोत्तरि हुने अपेक्षा गरिएको छ ।
७. सरकारले नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारी सुरु गरिसकेको छ । अर्थमन्त्रालयले बजेट निर्माणका लागि सरोकारवाला पक्षहरु सँग सुझावको आह्वान समेत गरिसकेको छ । नयाँ बजेटले पनि शेयर बजारलाई धेरै हदसम्म सपोर्ट गर्ने अपेक्षा गरिएको छ ।
८. राजनीतिक रुपमा बलियो सरकारः अहिले सबैभन्दा उच्च बहमतको सरकार छ । आर्थिक रुपमा सुधारका काम गर्ने ठुलो अवसर पनि छ । यद्यपी राजनीतिक रुपमा भएका कतिपय नियुक्तिमा माफियाको चलखेल प्रति पनि सबै जना रुस्ट छन् । तथापी अवका दिनमा सबै नियामक निकाय पुर्ण रुपमा पदपुर्ती भएको हुनेछ । यो पनि शेयर बजारका लागि सकारात्मक पाटो हो ।
९. नेपाल धितोपत्र बोर्डले बैंक वित्तीय संस्थाका सहायक कम्पनीदेखि लिएर निजी स्तरका कम्पनीलाई ब्रोकरको लाइसेन्स दिएको छ । यदि यि सबै ब्रोकरहरु चलायमान हुने हो भने पनि बजारलाई एकतहसम्मको उचाइमा पुर्याउन सक्नेछन् ।
१०. शेयर बजारमा लगानीकर्ताको पहुँच बढ्दो क्रममा छ । काठमाडौंमा मात्रै केन्द्रित शेयर बजार अहिले नेपालका हरेक सहरी क्षेत्र र दुरदराजका मानिसहरुले पनि कारोबार गरिरहेका छन् ।
११. तेस्रो त्रैमाशिक अवधिको ह्याङ ओभर लगभग आजबाट सकिएको छ । अव असार महिनासम्म शेयर बजारले उकालो यात्रा तय गर्ने निश्चित छ । त्यसमा पनि जेठ १५ गतेको बजेट राम्रो आयो भने शेयर बजारले सहजै ३२ सयको सर्वाधिक उचाइलाई तोडेर अगाडी बढ्नेछ ।
प्रतिक्रिया