Nepal Life

सिजनमै सुस्तायो शेयर बजार, मुख्य कारण : गभर्नर नियुक्तिमा ढिलाइ, सकारात्मक सन्देशको पर्खाइमा लगानीकर्ता

RBB
  • BFIS News
  • 2025 Apr Tue 15:44
सिजनमै सुस्तायो शेयर बजार, मुख्य कारण : गभर्नर नियुक्तिमा ढिलाइ, सकारात्मक सन्देशको पर्खाइमा लगानीकर्ता
Shikhar detail

काठमाण्डौ, बैशाख १६ – प्रायः बैशाख महिनालाई शेयर बजार सुधारको समयका रूपमा लिने गरिन्छ। विगतका अनुभवले यो महिना बजार बढ्ने सम्भावना बढी हुने गरेता पनि यस वर्ष भने लगानीकर्ताले सोचेअनुसार बजारमा सुधार देखिएको छैन।

NIMB

विश्लेषकहरूका अनुसार, बजारमा सुधार नआउनुको मुख्य कारण नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ हो। गभर्नरको कार्यकाल समाप्त हुनु केही दिन बाँकी रहँदै गर्दा प्रक्रिया अगाडी बढाए पनि अहिलेसम्म नयाँ गभर्नरको नियुक्ति गर्न नसकेकोले लगानीकर्ताबीच अन्योल बढेको छ।

गभर्नर महाप्रसाद अधिकारी बाहिरिदै गर्दा बजारले आफ्नो लय समाउन थालेको थियो, दैनिक कारोबार ११–१२ अर्ब रुपैयाँसम्म पुग्न थालेको थियो। तर गभर्नर अधिकारी विदा भएको एक महिना वित्न लागिसक्यो तर राष्ट्र बैंकले नयाँ गभर्नर पाउन सकेको छैन । 

यद्यपी बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ, र व्याजदर निकै तल्लो बिन्दुमा रहेको अवस्थामा पनि बजार स्थिर छ। चैत सकिएपछि तीन महिनाका लागि बजारमा लगानी गर्न ढुक्क हुने आँकलन गरिएको थियो। कम्पनीहरूले पनि अबको तीन महिना पनि प्रतिफल दिनेछन् । तर अहिलेको परिस्थिति हेर्दा लगानीकर्ताको आत्मविश्वास गुम्दै गएको देखिन्छ। सरकार परिवर्तनको हल्लाले पनि बजारमा अस्थिरता थपेको छ।

गभर्नर कसको सिफारिसमा, कुन राजनीतिक निकटताको हुने भन्ने अडकलबाजीले समेत बजारलाई प्रभावित गरिरहेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । गभर्नरका लागि कुनै एक व्यक्तिको नाम आउँदा बजार घट्ने वा बढ्ने क्रम चलेको छ। यसरी राजनीतिक अस्थिरता र गभर्नर नियुक्ति प्रक्रिमा अनिश्चितता भएकोले बजारले आफ्नो बाटो बिराएको जस्तो देखिएको छ।

लगानीकर्ताहरू अल्पकालिन नाफा बुक गर्नमा केन्द्रित हुँदा बजारमा बढि अस्थिरता आइरहेको विश्लेषकहरु बताउछन् । 

छोटो अवधिको नाफामा केन्द्रित भई ७२ घण्टे सोचले चलिरहेको कारण पनि दीर्घकालीन स्थायित्वमा समस्या आएको विश्लेषकहरू बताउँछन्। ट्याक्टफुल लगानीकर्ताले भने अहिलेको समयमा पनि राम्रो आम्दानी गरिरहेका छन्। तर सोझासाझा लगानीकर्ताहरू घाटामा परिरहेका छन्। धेरै लगानीकर्ताको लगानी मूल्य खरिद मूल्यभन्दा तल झरेको छ, जसले लिक्विडिटीको अवस्था कमजोर बनाएको छ।

बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। त्यसअनुसार, खराब कर्जा अझै पनि नियन्त्रणमा आउन सकेको छैन। यस्तो अवस्थामा बैंकहरूले आकर्षक लाभांश वितरण गर्न सक्ने अवस्था पनि नरहेको देखिन्छ। वर्तमान बजार अवस्था हेर्दा, यदि सरकारले चाँडै राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्‍यो भने बजारले पुनः लय समात्ने विश्वास ढकालले व्यक्त गरेका छन्। 

बजार विश्लेषक तथा नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पछिल्लो समय शेयर बजारमा देखिएको उतार-चढावबारे टिप्पणी गर्दै अर्थतन्त्रमा सुधार आउन सक्ने आधारहरू भए पनि सरकारको स्पष्ट र प्रभावकारी कदमको अभावले लगानीकर्तामा आत्मविश्वास नआएको बताएका छन्।

उनका अनुसार नेपाल राष्ट्र बैंकका गभर्नरको नाम बाहिरिए पनि अझै निर्णय नभएको अवस्थाले बजारलाई अनिश्चितता दिइरहेको छ। यसैबीच शिक्षक आन्दोलन, सरकार प्रतिको असन्तुष्टि र राजनीतिक अन्योलले पनि लगानीकर्तालाई थप पेनिक बनाएको पाण्डेको भनाइ छ। 

पाण्डे भन्छन्, "कारोबार रकम राम्रो देखिएको छ, तर सरकारले ठोस पहल गर्‍यो भने मात्र बजारले गति लिन सक्छ। अहिले सर्ट टर्म ट्रेडरहरूको हाबी छ, ठूला खेलाडीले बजारलाई साइडवेजमा राखेर एकुमुलेसन गरिरहेका छन्।"

उनका अनुसार सरकार बजारप्रति गम्भीर छैन र केवल घमण्ड मात्रै देखाइरहेको छ। "सरकारले न त ढाडस दिन सकेको छ, न त सकारात्मक सन्देश दिएको छ। यसले गर्दा नागरिक झन् चिन्तित छन् – राजनीतिको विकल्प के हो, अबको बाटो के हो भन्ने अन्योल छ।" 

बजार माथि जाने निश्चित भए पनि अझै बहाना सिर्जना भइरहेकाले सामान्य लगानीकर्ताले स्पष्ट दिशा नपाएको विश्लेषकहरु बताउछन् । उनका अनुसार बैंकहरूले पुराना लोनमाथि नयाँ लोन थप्दै गए पनि ती कर्जा तत्काल रिकभर हुने अवस्था नरहेकोले ठूला लगानीकर्ता अलमलमा परेका छन्। बजारमा एकुमुलेसन भैरहेको हुँदा एउटा राम्रो समाचार आउने वित्तीकै बजारले गति लिने पाण्डेको विश्लेषण छ । 

गएको चैत महिनामा गभर्नर अधिकारीको कार्यकाल सकिने र बजार बढ्ने अपेक्षा गरिएकोमा राजावादीहरुको आन्दोलनले राजनीतिक बृत्तमा अन्योलता देखियो । यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव शेयर बजारमा पर्यो । अहिले राजावादीहरुको आन्दोलन सतहमा छैन तर सरकार परिवर्तन भइहाल्ने पो हो कि भन्ने त्रास कायमै छ । यस सँगै गभर्नर नियुक्तिको मुद्दा सत्ता समिकरणको मुल एजेण्ड बने पनि राम्रो व्यक्तिलाई बनाउने भन्दा पनि आफ्नो मान्छेलाई बनाउने विषयले मात्रै प्राथमिकता पाएको छ । यि नै परिवसले गर्दा ठुला लगानीकर्ताको बजारमा प्रवेश भएको देखिदैन । जसले गर्दा पनि बजारले गति लिन सकिरहेको छैन । ठुला लगानीकर्ताले जहिले पनि सकारात्मक वातावरण कुरिरहेका हुन्छन् तर अहिले सबै कुराहरु बजारमा अन्योल नै देखिएको हुँदा बजारले गति लिन सकेको छैन । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार