Nepal Life

सहायक कम्पनीको शेयर बिक्री गर्न पाउँछन् जलविद्युत् कम्पनीहरू : धितोपत्र बोर्ड

NMB Bank
  • BFIS News
  • 2025 May 09 08:44
सहायक कम्पनीको शेयर बिक्री गर्न पाउँछन् जलविद्युत् कम्पनीहरू : धितोपत्र बोर्ड
National Life

काठमाडौं । पछिल्लो समय जलविद्युत् कम्पनीहरूको शेयर मूल्य दोश्रो बजारमा तीव्र रूपमा वृद्धि भइरहेको अवस्थामा लगानीकर्ताहरूकोबीचमा एउटा प्रमुख प्रश्न उठेको छ — के जलविद्युत् कम्पनीहरूले आफ्ना सहायक कम्पनीको शेयर बिक्री गर्न पाउँछन्?

Shikhar
NIMB

नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक डा. नवराज अधिकारीका अनुसार, नियमनको दायराभित्र रहेर जलविद्युत् कम्पनीहरू अन्य कम्पनीमा गरेको लगानीबाट शेयर बिक्री गर्न पाउनेछन्।

“कुनै पनि व्यक्ति वा संस्थाले नियमनको दायराभित्र रहेर शेयर कारोबार गर्न सक्छ,” डा. अधिकारीले मेरो लगानीसँगको कुराकानीमा भने। “जलविद्युत् कम्पनीको उद्देश्य पनि नाफा कमाउनु भएकाले, उनीहरूले आफ्ना लगानीका शेयर बिक्री गर्न पाउँछन्। तर ती शेयर बिक्री योग्य छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।”

उनका अनुसार, यदि ती संस्थापक (प्रमोटर) शेयर हुन् भने, सम्बन्धित क्षेत्रको नियामक निकायको नियमअनुसार मात्रै बिक्री गर्न पाइन्छ। बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको हकमा त झन कडाइका साथ नियमन हुन्छ। जलविद्युत् कम्पनीले अर्को जलविद्युत् कम्पनीमा लगानी गरेको भए र त्यसको लक-इन अवधि समाप्त भइसकेको छ भने त्यस्ता शेयर बेच्न सकिनेछ। साथै, कम्पनी सञ्चालकले शेयर किनबेच गर्न पनि प्रचलित नियम पालना गर्नुपर्ने हुन्छ।

यसैबीच, हाल शेयर मूल्य वृद्धि भइरहेको जलविद्युत् कम्पनीहरूमा ङादी ग्रुप पावर, सानिमा माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, बुटवल पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर लगायतका नाम उल्लेखनीय छन्। यी सबै कम्पनीहरू उच्च चुक्ता पूँजी भएका, बहुआयामिक लगानीमा संलग्न ठूला कम्पनीहरू हुन्।

एक ब्रोकर कम्पनीका सञ्चालकका अनुसार, यस्ता कम्पनीहरूले आफ्ना सहायक कम्पनीहरू वा अन्य साझेदारी कम्पनीहरूमा गरेको लगानीबाट लाभ लिन शेयर बिक्री गर्दै नगद संकलन गरिरहेका छन् भन्ने चर्चा बजारमा फैलिएको छ। यही कारणले यी कम्पनीहरूको शेयर मूल्य दोश्रो बजारमा बढिरहेको उनको दाबी छ।

“यी कम्पनीहरूले ‘क्यास’ गर्न थालेका छन् – अर्थात् सहायक कम्पनीको शेयर बिक्री गर्दै नगद उठाइरहेका छन्। यसबाट उल्लेखनीय नाफा हुने अपेक्षा गरिएको छ,” ती ब्रोकरले भने। “नाफाको सम्भावनाले मात्रै होइन, ठूला लगानीकर्ताहरूको आकर्षणले गर्दा पनि साना लगानीकर्ताहरू यिनमा आकर्षित भएका छन्।”

यसरी, सहायक कम्पनीको शेयर बिक्री गर्ने विषयमा नियमले छुट दिएको भए पनि त्यसको कार्यान्वयन नियमनको दायरामा मात्रै सम्भव हुने स्पष्ट संकेत धितोपत्र बोर्डले दिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया