NIMB Header 2
Nepal Life

अन्तर्राष्ट्रिय असल अभ्यासहरू अवलम्बन गरी बीमा क्षेत्रलाई नवयुगमा प्रवेश गराउँदै प्राधिकरण: सी.ए. विरोध वाग्ले

Citizen Life
  • BFIS News
  • 2025 May 15 23:01
अन्तर्राष्ट्रिय असल अभ्यासहरू अवलम्बन गरी बीमा क्षेत्रलाई नवयुगमा प्रवेश गराउँदै प्राधिकरण: सी.ए. विरोध वाग्ले
National Life

काठमाडौं। नेपाल बीमा प्राधिकरणले संस्थागत यात्राको ५७औँ वार्षिकोत्सवका मनाउँदै गर्दा बीमा क्षेत्र व्यापक रूपान्तरणको मोडमा उभिएको छ। बीमा ऐन, २०७९ र बीमा नियमावली, २०८१ ले बीमा प्राधिकरणलाई सशक्त नियमनकारी निकायको रूपमा परिकल्पना गरेको छ।

NIMB

ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन गरी बीमा व्यवसाय थप व्यवस्थित, नियमित, प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउन र बीमा क्षेत्रको दिगो विकास सुनिश्चित गर्न प्राधिकरण तत्पर रहँदै आएको छ। प्राधिकरणले विगत केही वर्षदेखि नेपाली बीमा बजारमा विभिन्न अन्तर्राष्ट्रिय असल अभ्यासहरू लागू गरेर बीमा क्षेत्रको सुधारका लागि दृढ पाइला चालेको छ।

प्राधिकरणले जोखिममा आधारित सुपरिवेक्षण लागू गरेर प्राधिकरणको सुपरिवेक्षणलाई थप चुस्त र प्रभावकारी बनाएको छ। यो प्रणाली लागू भएसँगै बीमकहरूको जोखिम मापन भई जोखिम प्रोफाइल तयार हुनेछ र सोही अनुरूप प्राधिकरणले नियामकीय हस्तक्षेप गर्नेछ। प्राधिकरणले यस सम्बन्धमा रिस्क बेस्ड सुपरभिजन फ्रेमवर्क र गाइड टु सुपरभाइजरी इन्टरभेन्सन जारी गरिसकेको छ। यसले बीमकरूले नीतिगत निर्णय गर्दा जोखिम व्यवस्थापन र पुँजी पर्याप्ततालाई सुविचारित रूपमा विश्लेषण गर्नुपर्नेमा जोड दिन्छ। यसका साथै, बीमा क्षेत्रमा एन.एफ.आर.एसः१७ इन्सुरेन्स कन्ट्राक्टस् लागू हुँदैछ। यो वित्तीय प्रतिवेदनमान लागू भएसँगै बीमकहरूको वित्तीय विवरण थप पारदर्शी र विश्वशनीय हुनुको साथै अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य लेखा सिद्धान्त बमोजिम तयार हुनेछ। यसले बीमकहरूको लेखाङ्कन तथा वित्तीय प्रस्तुतीकरणमा उल्लेख्य रूपमा सुधार ल्याउनेछ।

अन्त्यमा, जोखिममा आधारित सुपरिवेक्षण, जोखिममा आधारित पुँजी तथा ओन रिस्क एण्ड सोल्भेन्सी एसेसमेन्ट र एन.एफ.आर. एसः१७ इन्सुरेन्स कन्ट्राक्टस् जस्ता अन्तर्राष्ट्रिय असल अभ्यासहरूको प्रभावकारी कार्यान्वयनबाट नेपाली बीमा क्षेत्र नव युगमा प्रवेश गर्दैछ र सोका लागि प्राधिकरणले सशक्त भूमिका निर्वाह गरिरहेको छ।

(सी.ए. विरोध वाग्ले नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हुन्)

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया