NIMB Header 2
Nepal Life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा १८ शाखाका लागि शाखा प्रमुख र बजार अधिकृत माग

Citizen Life
  • BFIS News
  • 2025 May 18 17:44
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा १८ शाखाका लागि शाखा प्रमुख र बजार अधिकृत माग
National Life

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका १८ शाखा कार्यालयहरूका लागि शाखा प्रमुख (Branch Manager) र बजार अधिकृत (Marketing Officer) पदमा कर्मचारी माग गरेको छ। कम्पनीले दक्ष, अनुभवी तथा योग्य नेपाली नागरिकहरूलाई दरखास्त दिन आह्वान गरेको छ।

NIMB

कम्पनीले कोशी, मधेश, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखाहरूमा जनशक्ति आवश्यक परेकाले इच्छुक उम्मेदवारहरूले आफू कार्य गर्न चाहेको प्रदेश तथा शाखा स्पष्ट उल्लेख गरी दरखास्त दिनुपर्नेछ।

कम्पनीले कोशी प्रदेशका खाँदबारी, ओखलढु‌ङ्गा, दिक्तेल शाखा, मधेश प्रदेशका शाखाहरु बर्दिबास, निजगढ, सिमरा, बाग्मती प्रदेशका पनौती, कमलविनायक, पुतलीसडक, चापागाउँ, एकान्तकुना, भैंसेपाटी, कालिमाटी, सुन्धारा, थानकोट, लुम्बिनी प्रदेशका लमही, रामपुर (पाल्पा) शाखा र गण्डकी प्रदेशका कुश्मा शाखाका लागि शाखा प्रमुख माग गरेको हो।

कम्पनीले काठमाडौं उपत्यका र उपत्यकाबाहिरका शाखाहरूका लागि केही संख्यामा बजार अधिकृत (Marketing Officer)हरु माग गरेको छ।

कम्पनीले जीवन बीमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त संस्थामा कार्यानुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिने जनाएको छ।

आवेदन प्रक्रिया:

इच्छुक उम्मेदवारहरूले मिति २०८२ जेष्ठ १८ गतेभित्र आफ्नो आवेदनपत्र (Application Letter) र व्यक्तिगत विवरण (Curriculum Vitae) सानिमा रिलायन्सको ईमेल ठेगाना [[email protected]](mailto:[email protected]) मा पठाउन सक्नेछन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया