नेको इन्स्योरेन्सको संस्थापक समूहको अवितरित हकप्रद शेयर बाँडफाँट
- BFIS News
- 2025 May 21 09:25
काठमाडौं, जेठ ७। नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले संस्थापक समूहका लागि निष्कासन गरिएको हकप्रद शेयरमध्ये बाँकी रहेको अवितरित शेयरको बाँडफाँट सम्पन्न गरेको छ।
कम्पनीले बैशाख १२ गतेदेखि २१ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएका शेयरहरूको बाँडफाँट जेठ ६ गते सम्पन्न गरेको हो।
कम्पनीले ४:१ को अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। उक्त निष्कासनमा संस्थापक समूहका तर्फबाट आवेदन नपरेको ४३ हजार ७७९.५२ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रियाबाट बिक्री गरिएको थियो।
यस बिक्रीको व्यवस्थापन सानिमा क्यापिटल लिमिटेडले गरेको हो। शिलबन्दी बोलपत्रमार्फत खरिदका लागि आवेदन दिएका आवेदकहरूमध्ये सफल उम्मेदवारलाई शेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ।
बाँडफाँटमा नपरेका आवेदकहरूले जम्मा गरेको रकम जेठ ७ गते, बुधबारदेखि फिर्ता पाउने छन्। फिर्ता रकम आवेदकले आवेदन फाराममा उल्लेख गरेका बैंक तथा वित्तीय संस्थाको खातामा नेपाल क्लियरिङ हाउसमार्फत (IPS प्रणाली) रकमान्तर गरिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया