Nepal Life

एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयर जेठ १४ गतेसम्म शेयर किन्नेले मात्रै पाउने

RBB
  • BFIS News
  • 2025 May Wed 12:04
एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयर जेठ १४ गतेसम्म शेयर किन्नेले मात्रै पाउने
Shikhar detail

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ । कम्पनीले जेठ १६ गतेलाई बुक क्लोज मिति तोकेको छ । त्यसैले, जेठ १४ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई मात्र हकप्रद सेयरमा आवेदन दिने योग्य मानिनेछ ।

NIMB

कम्पनीले हाल कायम सेयरधनीहरूलाई प्रति १ कित्ता सेयरमा ०.४२ कित्ताको अनुपातमा ४२ प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसअनुसार कम्पनीले १४,२७९,३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य करीब १ अर्ब ४२ करोड रुपैयाँ बराबर हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद सेयरको समायोजनपछि कम्पनीको चुक्ता पुँजी बढेर ३ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।

यस हकप्रद सेयर निष्कासनको व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई दिइएको छ । हालको स्थितिमा एएलआईसीएलको सेयर मूल्य नेप्सेमा प्रतिकित्ता ७३०.३४ रुपैयाँमा बन्द भएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया