नेपाल इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृति
- BFIS News
- 2025 May 22 13:02
काठमाडौं, ८। जेठ नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) लाई हकप्रद शेयर जारी गर्ने अनुमति प्रदान गरेको छ।
बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको हो।
बुधबार प्रदान गरिएको स्वीकृतिअनुसार, नेपाल इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूका लागि न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ। सोही मापदण्ड अनुसार पूँजी वृद्धि गर्न कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको हो।
यो हकप्रद निष्कासनपछि कम्पनीको पूँजी नियामक निकायले तोकेको मापदण्डभन्दा माथि पुग्नेछ, जसले कम्पनीको वित्तीय स्थायित्व र नियामकीय अनुपालन दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया