Nepal Life

रिलायबल नेपाल लाइफले बोनस प्रस्तावसहित असार २ गते वार्षिक साधारण सभा बोलायो, बुक क्लोज जेठ २६ मा

NMB Bank
  • BFIS News
  • 2025 May 22 13:45
रिलायबल नेपाल लाइफले बोनस प्रस्तावसहित असार २ गते वार्षिक साधारण सभा बोलायो, बुक क्लोज जेठ २६ मा
National Life

काठमाडौं, ८ जेठ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले असार २ गतेका लागि आठौं वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ।

Shikhar
NIMB

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सभाको मिति र स्थान तय गरेको हो।

सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १२ प्रतिशत बोनस सेयरबोनसमा लाग्ने कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। यसअनुसार सेयरधनीले कुल १२.६३ प्रतिशत लाभांश प्राप्त गर्ने छन्।

सभा एजेन्डामा कम्पनीको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, र नगद प्रवाह सम्बन्धी छलफल पनि समावेश छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्तिउनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

इन्स्योरेन्स कम्पनीले जेठ २६ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले, जेठ २५ गतेसम्म कायम सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन र लाभांशको हकदार हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया