Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको 'इन्सपायर एण्ड अर्न' कार्यक्रम सम्पन्न, ७० भन्दा बढी अभिकर्ताको सहभागिता

NMB Bank
  • BFIS News
  • 2025 May 22 16:52
सन नेपाल लाइफ इन्स्योरेन्सको 'इन्सपायर एण्ड अर्न' कार्यक्रम सम्पन्न, ७० भन्दा बढी अभिकर्ताको सहभागिता
National Life

काठमाडौं, जेठ ८ गते। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चक्रपथ रिजनले अभिकर्ताहरुलाई लक्षित गर्दै ‘इन्सपायर एण्ड अर्न’ (Inspire and Earn) कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीकी प्रदेश प्रमुख लोकमाया अधिकारीले अभिकर्ताहरुलाई अभिप्रेरित गर्दै सफलताको शिखर चुम्नका लागि सधैं सकारात्मक सोच, कडा मेहनत र सफल अभिकर्ताबाट प्रेरणा लिनुपर्नेमा जोड दिइन्।

Shikhar
NIMB

कार्यक्रममा लिड रिक्रुटमेन्ट अफिसर सुनिल अधिकारी, ट्रेनिङ प्रमुख भुवन सिंह मगर, रिजनल म्यानेजर दिपक बस्याल, शाखा प्रमुखहरु स्वेच्छा उप्रेती, देउती थापा, टिका पाठक, सुमित्रा भट्ट र रोशन बुढाथोकीको उपस्थिति रहेको थियो।

चक्रपथ रिजन अन्तर्गतका पाँच शाखाबाट सर्वश्रेष्ठ व्यवसाय गरेका टप थ्रि अभिकर्तालाई विशेष सम्मान गरिएको थियो। त्यस्तै, क्लब क्वालिफायर्ड सात जना अभिकर्तालाई पनि सम्मानित गरिएको थियो। कार्यक्रममा ७० जना भन्दा बढी अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा अभिकर्ता बन्दाका फाइदाहरुको साथै दीर्घकालीन लाभका विषयमा समेत जानकारी प्रदान गरिएको थियो। कम्पनीमार्फत अभिकर्ताको रुपमा काम गरेर १० वर्षसम्म प्रतिफल प्राप्त गर्न सकिने भन्दै निरन्तरता प्रदान गर्न प्रदेश प्रमुख अधिकारीले प्रोत्साहित गरेकी थिइन्। यससँगै, कम्पनीले अभिकर्ताहरुका लागि सञ्चालनमा ल्याएका शुक्र, चन्द्र, मंगल र दर्शन क्लबसम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।

कार्यक्रममा एमडिआरटी (MDRT) को लक्ष्य कसरी हासिल गर्ने, सेल्स स्किल्स विकास, अभिकर्ता करिअरको योजना र समग्र व्यवसायिक सफलताका विषयमा समेत प्रशिक्षण तथा प्रेरणा प्रदान गरिएको थियो। यस कार्यक्रमले अभिकर्ताहरुलाई अझ प्रभावकारी ढंगले कार्य सम्पादन गर्न उत्प्रेरणा मिलेको सहभागीहरुले बताएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया