हिमालयन रिइन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, आइतबारदेखि कारोबार नयाँ मूल्यमा खुल्ने
- BFIS News
- 2025 May 22 18:05
काठमाडौं, जेठ ८। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको बोनस सेयर समायोजन गरिएको छ। कम्पनीले प्रदान गरेको ४.५० प्रतिशत बोनस सेयरका कारण सेयर मूल्यमा समायोजन गरिएको हो।
नेप्सेले जानकारी दिएको अनुसार, बिहीबारको अन्तिम कारोबार मूल्य ९७५.७१ रुपैयाँलाई आधार मानी मूल्य समायोजन गरिएको हो। समायोजनपछिको मूल्य ९३३.६९ रुपैयाँ कायम गरिएको छ।
अब यही समायोजित मूल्यलाई आधार मानेर आइतबार (जेठ १२) देखि कम्पनीको सेयर कारोबार खुल्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया