नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा चन्द्र सिंह साउद
- BFIS News
- 2025 May 27 11:02
काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा चन्द्र सिंह साउद सर्वसम्मत रुपमा चयन भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतीबाट चयन गरेको हो।
साउद यस अगाडी नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत थिए। साउद नेपाल इन्स्योरेन्स कम्पनीको पुर्व प्रमुख कार्यकारी अधिकृत समेत हुन्। एमबिएससम्मको अध्ययन गरेका उनी हाल अध्यापन पेशामा समेत संलग्न छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया