Nepal Life

१० महिनामा निर्जीवन बीमा शुल्क आर्जन ३६ अर्ब नाघ्यो, ८.४५ प्रतिशतले वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 May 28 18:51
१० महिनामा निर्जीवन बीमा शुल्क आर्जन ३६ अर्ब नाघ्यो, ८.४५ प्रतिशतले वृद्धि
National Life

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा निर्जीवन बीमा व्यवसाय ८.४५ प्रतिशतले वृद्धि भएको छ। उक्त अवधिमा निर्जीवन बीमा कम्पनीहरूले झन्डै ३६ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्, जबकि गत वर्ष सोही अवधिमा ३३ अर्ब रुपैयाँ बीमा शुल्क संकलन भएको थियो।

Shikhar
NIMB

नेपाल बीमा प्राधिकरणका अनुसार, वैशाख मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु बीमा कम्पनी गरी जम्मा १८ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ३५ अर्ब ८६ करोड ५० लाख ४८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

यीमध्ये, १४ निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ९ करोड ८० लाख ९६ हजार रुपैयाँ र ४ वटा लघु बीमा कम्पनीहरूले ७६ करोड ६९ लाख ५२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन्।

उक्त अवधिमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। शिखरले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै १३.०५ प्रतिशत बजार हिस्सा ओगटेको छ। दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ, जसले ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यसको बजार हिस्सा ११.२७ प्रतिशत रहेको छ।

अर्कोतर्फ, नेसनल इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम ९२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। लघु निर्जीवन बीमा कम्पनीहरूमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी २१ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिएको छ। यस अवधिमा ती १८ कम्पनीहरूले कुल २६ लाख ६६ हजार ८८७ वटा बीमा पोलिसी (बिमा लेख) जारी गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया