NIMB Header 2
Nepal Life

नेशनल लाइफले डाक्यो ३७ औं वार्षिक साधारण सभा, जेठ २१ गतेसम्म कायम शेयरधनीले १५ % लाभांश पाउने

Citizen Life
  • BFIS News
  • 2025 May 29 13:39
नेशनल लाइफले डाक्यो ३७ औं वार्षिक साधारण सभा, जेठ २१ गतेसम्म कायम शेयरधनीले १५ % लाभांश पाउने
National Life

काठमाडौं, जेठ १५ गते। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आगामी असार ५ गते ३७औं वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा कम्पनीको लाजिम्पाट स्थित केन्द्रीय कार्यालयमा बिहान १०:३० बजेबाट सुरु हुने छ।

NIMB

कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि कुल १५% लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित गराउने तयारी गरेको छ। कम्पनीको बैशाख ३१ गते सम्पन्न ५५०औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजी रु. ५ अर्ब २१ करोडको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा ५% बोनस सेयर (रु. २६.०६ करोड भन्दा बढी) र १०% नगद लाभांश (जम्मा रु. ५२.१२ करोड) समावेश छ। साथै, वितरण गरिने बोनस सेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि थप ०.७८९४७३% नगद लाभांश (रु. ४.११ करोड) प्रस्ताव गरिएको छ।

सभाको अन्य कार्यसूचीमा अडिटरको प्रतिवेदन, नाफा–नोक्सान विवरण, वित्तीय विवरण, नगद प्रवाह विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष २०८१/८२ का लागि अडिटर नियुक्त गर्ने प्रस्ताव पनि रहेका छन्।

यस एजीएममा भाग लिन तथा लाभांश प्राप्त गर्नका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज मिति तोकेको छ। त्यस मितिभन्दा अगाडि कायम शेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया