Nepal Life

स्वास्थ्य बीमा कार्यक्रम पुनःसंरचना गर्दै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकृत गर्ने

NMB Bank
  • BFIS News
  • 2025 May 29 16:42
स्वास्थ्य बीमा कार्यक्रम पुनःसंरचना गर्दै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकृत गर्ने
National Life

काठमाडौं, जेठ १५। सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनःसंरचना गर्ने र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई उक्त बीमामा एकीकृत गर्ने घोषणा गरेको छ।

Shikhar
NIMB

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा प्रणालीलाई व्यापक र प्रभावकारी बनाउने उद्देश्यसहित संरचनात्मक सुधार गरिने जानकारी दिएका हुन्।

उनका अनुसार स्वास्थ्य बीमाको कानुनी व्यवस्था प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ र बीमा कार्यक्रमको पहुँच बिस्तार गरिनेछ। साथै, हाल पाँच सदस्यीय परिवारका लागि उपलब्ध एक लाख रुपैयाँको सुविधा थैलीलाई क्रमशः वृद्धि गरिने बताइएको छ।

सरकारले बीमितलाई फरक–फरक बीमा पोलिसी छनोट गर्ने सुविधा दिनेछ भने दोहोरोपना हटाएर बीमा सुविधाको दुरुपयोग नियन्त्रण गर्ने व्यवस्था मिलाइनेछ। बीमा चुहावट रोक्न संस्थागत प्रशासनिक संयन्त्र सुदृढ गरिने पनि मन्त्री पौडेलले बताए।

जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, अति विपन्न तथा अपसंख्यक समुदायका लागि दिइँदै आएको बीमा सुविधा यथावत् राखिने भएको छ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारले १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अघिल्लो वर्ष यस कार्यक्रमका लागि ७ अर्ब ५० करोड छुट्याइएको थियो। हाल स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थाहरूसँग १६ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी गर्न बाँकी रहेको छ।

तीन पक्षीय साझेदारीमार्फत सो भुक्तानीको मिलान चालु आर्थिक वर्षमै गरिने व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया