Nepal Life

नेपाल माइक्रोको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, सर्वसाधारणबाट अनुप मालाकार र सुनिता श्रेष्ठ निर्वाचित

NMB Bank
  • BFIS News
  • 2025 May 30 19:24
नेपाल माइक्रोको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, सर्वसाधारणबाट अनुप मालाकार र सुनिता श्रेष्ठ निर्वाचित
National Life

काठमाडौं, जेठ १६। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदनसहितका विभिन्न साधारण प्रस्तावहरू सर्वसम्मतिमा पारित गरेको छ।

Shikhar
NIMB

सभामा अध्यक्ष श्रेष्ठले कम्पनीको आर्थिक प्रगति, लगानी योजना, र भावी रणनीतिहरूको बारेमा समग्र प्रतिबेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा कम्पनीले पछिल्लो आर्थिक वर्षमा हासिल गरेका उपलब्धिहरू, चुनौतीहरू, बीमितको संख्या वृद्धि, डिजिटल सेवा विस्तार तथा वित्तीय साक्षरतामा केन्द्रित गतिविधिबारे जानकारी दिइएको थियो।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत लेखापरिक्षक नियुक्ति प्रस्ताव, पारिश्रमिक निर्धारण लगायतका अन्य नियमित प्रस्तावहरू पनि स्वीकृत गरेको छ।

सभामा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक पदका लागि भएको निर्वाचनमा अनुप मालाकार र सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। उनीहरू दुबैले कम्पनीको दीर्घकालीन विकास र सुदृढ संस्थागत प्रणाली निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले निम्न आयस्तरमा रहेका तथा बीमा पहुँचबाहिर रहेका वर्गलाई लक्षित गरी विभिन्न सूक्ष्म बीमा सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले ग्रामीण भेगका नागरिकहरूलाई बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित बीमा सचेतना अभिवृद्धि तथा पहुँच विस्तारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

सभाको समापनमा अध्यक्ष श्रेष्ठले कम्पनीको सेवा विस्तार, बीमा पहुँच अभिवृद्धि तथा ग्राहक सन्तुष्टिमैत्री रणनीतिहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया