Nepal Life

कृषि तथा पशु बीमा अनुदानमा डेढ अर्ब वितरण

RBB
  • BFIS News
  • 2025 Jun Mon 17:01
कृषि तथा पशु बीमा अनुदानमा डेढ अर्ब वितरण
Shikhar detail

काठमाडौँ, जेठ १९ गते । सरकारले कृषि तथा पशु बीमाको प्रिमियम अनुदानबापत डेढ अर्ब रुपियाँ वितरण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाली तथ पशुधन बीमाको प्रिमियममा अनुदान गराउने कार्यविधि २०८१, अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ६१ करोड ७२ लाख बीमा प्रिमियम अनुदान उपलब्ध गराएको हो । आव २०८०/८१ मा कृषि बीमा अन्तर्गत दुई अर्ब दुई करोड रुपियाँ बराबर बीमा प्रिमियम सङ्कलन भएको थियो । सङ्कलित प्रिमियममध्ये सरकारबाट बाली बीमातर्फ ३३ करोड ७९ लाख र पशुधन तथा मत्स्य बीमातर्फ एक अर्ब २७ करोड नौ लाख गरी एक अर्ब ६१ करोड ७२ लाख रुपियाँ अनुदान उपलब्ध गराइएको आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख छ ।

NIMB

बाली तथ पशुधन बीमाको प्रिमियममा अनुदान गराउने कार्यविधि अनुसार ५० लाखसम्मको बीमाङ्क रकममा ८० प्रतिशत, ५० लाखदेखि एक करोडसम्मको बीमाङ्क रकममा ६५ प्रतिशत र एक करोडभन्दा बढी बीमाङ्क रकममा बीमा प्रिमियमको ५० प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तै बाली तथा पशुधन बीमा व्यवस्थापन कार्यमा विद्युतीय प्रणालीको सुरुवात भएको छ । चालु आव २०८१/८२ को फागुनसम्म ९९ हजार ७९० कृषि बीमालेख जारी भएको छ । पशुपन्छी बीमाबापत ७७ करोड ३४ लाख र बाली बीमातर्फ सात करोड ४६ लाख गरी बिमित किसानले ८४ करोड ८० लाख रुपियाँ प्राप्त गरेका छन् । सरकारले आगामी आव २०८२/८३ का लागि कृषि तथा पशुपन्छी बीमा कार्यक्रममा साना तथा मझौला किसानको पहुँच विस्तार गरी कृषि तथा पशुपन्छी बीमाको प्रिमियमको अनुदानका लागि दुई अर्ब ३० करोड रुपियाँ विनियोजन गरिएको छ ।

यसैबीच चालु आव २०८१/८२ मा सङ्घीय सरकारबाट विनियोजित ३६ अर्ब १५ करोड कृषि अनुदानमध्ये फागुनसम्म ११ अर्ब ७६ करोड रुपियाँ खर्च भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत आवमा विनियोजित ३६ अर्ब १३ करोड ८० लाखमध्ये २९ अर्ब ३१ करोड ८८ लाख रुपियाँ खर्च भएको थियो । कृषिमा वितरण गरिने अनुदानमध्ये रासायनिक मलमा सङ्घीय सरकारबाट अनुदान जाने गरेको र बाँकी अनुदान भने स्थानीय तहबाट वितरण हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया