हिमालयन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिक साधारण सभा असार १० गते, ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुने
- BFIS News
- 2025 Jun 03 11:49
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्न आठौँ वार्षिक साधारण सभा असार १० गते, मंगलबारका दिन डाकेको छ।
कम्पनीले काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान १०ः३० बजेबाट सभा सुरु हुने जनाएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने अवस्था आएमा त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गरिनेछ। साथै लेखापरीक्षक नियुक्ति लगायतका अन्य नियमित एजेन्डाहरु पनि सभामा प्रस्तुत गरिने छन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा जेठ २७ गतेसम्म नेप्सेमा कारोबार गरी शेयरधनीको रूपमा कायम रहेका लगानीकर्ताहरूले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया