Nepal Life

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्न आज अन्तिम मौका

NMB Bank
  • BFIS News
  • 2025 Jun 08 12:11
रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्न आज अन्तिम मौका
National Life

काठमाडौं।  रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो।

Shikhar
NIMB

कम्पनीले साधारण सभा प्रयोजनका लागि भोलि जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म शेयर किन्नेलाई मात्र लाभांश प्राप्त हुनेछ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर तिर्न ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीको आठौं वार्षिक साधारण सभा असार २ गते काठमाडौंको आम्रपाली बैंक्वेट, भाटभटेनीमा बिहान ११ बजे बस्नेछ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह लगायतका विषयमा समेत छलफल हुने जानकारी दिइएको छ।

साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न चाहने शेयरधनीहरूले आजसम्म आफ्नो नाम दर्ता गराइसक्नुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया