Nepal Life

बीमा क्षेत्रकी पहिलो महिला सिइओ उपासना पौडेलको वार्षिक तलब भत्ता ५ करोड ३३ लाख

NMB Bank
  • BFIS News
  • 2025 Jun 11 15:47
बीमा क्षेत्रकी पहिलो महिला सिइओ उपासना पौडेलको वार्षिक तलब भत्ता ५ करोड ३३ लाख
National Life

काठमाडौं। बीमा क्षेत्रकी पहिलो महिला प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ५ करोड  ३३ लाख रुपैयाँ रहेको छ।

Shikhar
NIMB

पौडेलको यस्तो वार्षिक तलब सुविधा गएको वर्षको तुलनामा ११८ प्रतिशतले बृद्धि भएको छ। पौडेलले आर्थिक वर्ष २०७९/८० मा २ करोड ४४ लाख बुझेकी उनले गएको वर्ष बुझेको ५ करोड ३३ लाख बैंक वित्तीय संस्थाहरुमा विद्यमान सिइओहरुले बुझेको भन्दा सर्वाधिक धेरै हो।

उनले वार्षिक तलब तथा अलाउन्सेस बापत ३ करोड २२ लाख, कर्मचारी बोनस एक करोड २९ प्राप्त गरेकी छिन्। तलब र बोनस रकम दुबैमा दोब्बरले बृद्धि भएको छ।

प्रमुख कार्यकारी अधिकृत पौडेलले संचार, दुर्घटना बीमा तथा स्वास्थ्योपचार बीमा सुविधा समेत प्राप्त गरेकी छिन्। गत आर्थिक वर्षमा सञ्चालक समितिले बैठक भत्ता बापत ३ लाख ६० हजार बुझेका छन्। प्रमुख कार्यकारी अधिकृत सहित अन्य प्रबन्धकहरुले १४ करोड ६२ लाख रुपैयाँ प्राप्त गरेका छन्।

उनको आकर्षक तलब सुविधा अन्य ठुला ठुला बाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतको भन्दा धेरै छ। साविक युनाइटेड इन्स्योरेन्स कम्पनीमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत बन्न सफल पौडेल ३७ वर्षकै उमेरमा १० अर्बको पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको यात्रा एकदमै लोभलाग्दो छ। सानो उमेरमै यो तहको उपलब्धीले समग्री महिलाहरुका लागि गौरवको कुरा हो। त्यसमा पनि उनले लिने आकर्षक पारिश्रमिक तथा सुविधाले जो कोहीलाई चकित बनाउनु स्वभाविक पनि हो।

कम्पनी सञ्चालनमा आएपछि नै सीईओ तथा डेपुटी सीईओसहितका व्यवस्थापनका मुख्य पदहरुमा भारतीय प्रोफेसनलहरुलाई नियुक्त गरिएको थियो । तर, प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरण राममूर्तिले राजीनामा दिएपछि डेपुटी सीईओका रुपमा १० महिना काम गरे पछि उनले २०८० असोजमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारि पाइन्।

काठमाण्डौ कलेज अफ म्यानेजमेन्टबाट व्याचलर सकाएर भारतको दिल्ली विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन पुरा गरेकी उनको भारतीय बीमा कम्पनीमा पनि काम गरेको अनुभव छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया