Nepal Life

रिलायबल नेपालका सिइओ लोहनीको वार्षिक तलब सुविधा एक करोड ६१ लाख, मर्जरमा नगइ कम्पनीलाई हरेक सूचकमा अब्बल बनाए

RBB
  • BFIS News
  • 2025 Jun Sat 06:38
रिलायबल नेपालका सिइओ लोहनीको वार्षिक तलब सुविधा एक करोड ६१ लाख, मर्जरमा नगइ कम्पनीलाई हरेक सूचकमा अब्बल बनाए
Shikhar detail

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीलाई वार्षिक तलब सुविधा बापत एक करोड ६१ लाख ६८ हजार ५९४ रुपैयाँ प्रदान गरेको छ। लोहनीले निश्चित वार्षिक तथा तथा भत्ता बापत ८४ लाख ६७ हजार २५६ रुपैयाँ बुझेका छन्। उनको मासिक तलब ७ लाख ८ हजार रुपैयाँ रहेको छ।

NIMB

सञ्चयकोष तथा विदा वापत ९ लाख ८२ हजार ८५० रुपैयाँ सुविधा लिएका छन्। त्यस्तै कम्पनीले उनलाई दशैमा ७ लाख ८ हजार ६२४ रुपैयाँ दशै भत्ता प्रदान गरेको छ। कम्पनीलाई मर्जर प्रकृयामा नलगी प्रिमियममा शेयर जारी गरेर नेपाल बीमा प्राधिकरणको न्युनतम चुक्ता पूँजी जुटाउन सफल लोहनीलाई कम्पनीले कार्य सम्पादनमा आधारित पारिश्रमिक तथा कर्मचारी बोनस बापत १९ लाख ८ हजार २९९ रुपैयाँ प्रदान गरेको छ।

सिइओ लोहनीले यस वर्ष ४१ लाख एक हजार ५६४ रुपैयाँको मोटर सुविधा लिएका छन्। कम्पनीले उनलाई नियमित काम काजका लागि मोटर प्रदान गर्दै आएको छ। लोहनीले यस बाहेक चालक, इन्धन, बीमा सहितको तथा सवारी साधन मर्मत तथा अन्य कर्मचारीहरु सरहको ग्रुप मेडिकल इन्स्योरेन्स, मोवाईल तथा इन्धन सुविधा वास्तविक बिल बमोजिम प्राप्त गरेका छन्।

त्यस्तै कम्पनीले सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई बैठक भत्ता बापत आर्थिक बर्ष भरिमा १० लाख १७ हजार ४०० रुपैयाँ र अन्य यातायात तथा सञ्चारका लागि ११ लाख ५७ हजार ५७४ रुपैयाँ भुत्तानी गरेको छ।

८ वर्ष अगाडी एक अर्ब ४० करोड पूँजी सहित स्थापना भएको रिलायबल नेपाल लाइफले मर्जर नगइकन नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन सफल भएको छ। त्यसमा पनि आइपिओ निष्काशन पछि कम्पनीले सर्वसाधारण लगानीकर्तालाई हकप्रदको भार पनि बोकाएन।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा विद्यमान संस्थापक शेयरधनीहरुमा सत प्रतिशत पूँजी थप्न लगाएर एक अर्ब ४० करोडबाट २ अर्ब ८० करोड पुर्यायो। यस सँगै कम्पनीले प्रिमियममा शेयर जारी गरेर पूँजीको थप बलियो बनाउन सफल पनि भयो। जसले गर्दा कम्पनीको जगेडा कोष आजका दिनमा पनि उत्तीकै बलियो छ। आइपिओ निष्काशन पछि पनि कम्पनीले पहिलो पटक १६ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो। यहि असार २ गते आह्वान गरेको वार्षिक साधारणसभाले थप १२ प्रतिशत बोनस शेयर वितरण गर्दैछ। यसरी आइपिओ निष्काशन पछि कम्पनीले २८ प्रतिशत बोनस शेयर वितरण गर्दैछ रकमका हिसावले हेर्ने हो भने कम्पनीले शेयरधनीलाई एक अर्ब १९ करोड रुपैयाँको बोनस शेयर वितरण हुन्छ।

लोहनीले रिलायबल नेपाल लाइफलाई पूँजीका हिसावले निकै अगाडी लगेका छन्। सुरुवाति दिनमा लघु बीमामा मात्रै केन्द्रित हुँदा मुनाफा उल्लेख्य देखिए पनि पछिल्ला समयमा कम्पनीले सावधिक जीवन बीमालाई नै बढि केन्द्रित गर्दै आइरहेको छ। कम्पनीले जीवन बीमा कोष यस अवधिमा १२ अर्ब ५० करोड पुर्याउन सफल भएको छ। कम्पनीले पोलिसी डिजाइनमा लिएको सुझबुझको निर्णयले पनि बीमितको कोष बलियो देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया