नेपाल लाइफमा रोजगारीको अवसर, स्थानीयलाई प्राथमिकता
- BFIS News
- 2025 Jun 16 06:37
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सहायक तह अन्तर्गत सब ब्राञ्च हेड पदका लागि कर्मचारीहरूको आवश्यकता परेको जनाएको छ।
कम्पनीले तनहुको धुलेगौडा, कास्कीको विरौटा, नवलपरासीको परासी, रुपन्देहीको फर्साटिकार तथा सुनसरीको चक्रघाटी क्षेत्रका शाखाहरूका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।
इच्छुक तथा योग्य उम्मेदवारहरूले व्यवस्थापन, मार्केटिङ वा सम्बन्धित विषयमा स्नातक उपाधि प्राप्त गरेको हुनुपर्नेछ। स्थानिय उम्मेदवारहरूलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। आवेदन दिने अन्तिम म्याद २०८२ साल असार ७ गते (२०२५ जुन २१) सम्म तोकिएको छ।
आवेदन प्रक्रिया तथा थप जानकारीका लागि कम्पनीको वेबसाइट http://nepallife.com.np/career मा जान सकिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया