Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम मौका

NMB Bank
  • BFIS News
  • 2025 Jun 17 07:55
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम मौका
National Life

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) द्वारा जारी २७ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असार ३ गते) अन्तिम दिन हो। कम्पनीले बैशाख ३० गतेदेखि हकप्रद शेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो।

Shikhar
NIMB

कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर ०.२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। उक्त अनुपातअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल रकम १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबर हुनेछ।

हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेकाले बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्।

शेयर निष्काशनको रेटिङ्गमा केयर रेटिङ्ग्स नेपालले कम्पनीलाई 'CARE NP BBB (Issuer)' रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीले समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत स्तरको रहेको संकेत गर्छ।

यस हकप्रद शेयर निष्काशन तथा बिक्रीको प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। शेयरधनीहरूले सो प्रबन्धक संस्था, सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रीय कार्यालयहरू, साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सि–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँट पश्चात चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया