NIMB Header 2
Nepal Life

नेशनल लाइफका बीमितलाई विशेष छुट, व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट पाउने

Citizen Life
  • BFIS News
  • 2025 Jun 17 12:12
नेशनल लाइफका बीमितलाई विशेष छुट, व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट पाउने
National Life

काठमाडौं, असार ३। राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्नो ग्राहक हितलाई प्राथमिकता दिँदै, समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरूको पुनर्जागरण (नविकरण) गर्दा लाग्ने विलम्ब शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ। कम्पनीले मिति २०८२ साल असार ३ गतेदेखि २० गतेसम्म (२०८२।०३।०३–२०८२।०३।२०) तोकिएको प्रक्रिया पूरा गरी व्यतित बीमालेखहरू पुनर्जागरण गरिएमा विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो।

NIMB

कम्पनीद्वारा उपलब्ध गराइएको विवरणअनुसार, मिति २०७५ साल चैत १ गतेसम्म व्यतित भइसकेका बीमालेखहरूमा ५० प्रतिशत, मिति २०७५ साल चैत २ देखि २०७८ साल चैत १ सम्म व्यतित भएका बीमालेखहरूमा ६० प्रतिशत, र मिति २०७८ साल चैत २ देखि २०८२ साल असार ३ गतेसम्म व्यतित भएका बीमालेखहरूमा ७५ प्रतिशत विलम्ब शुल्क छुट प्रदान गरिनेछ।

योजना लागू गर्दा निम्न शर्तहरू पनि लागु हुनेछन्: पुनर्जागरण मितिदेखि दुई वर्षभित्र अवधि समाप्त हुने बीमालेखहरूमा छुट लागू हुनेछैन। यस्तै, एक पटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितहरूले बीमा अवधिभर पुनः छुट प्राप्त गर्न सक्ने छैनन्। साथै, पुनर्जागरणपछि एक वर्षभित्र बीमा समर्पण गरेमा, प्राप्त गरिएको छुट रकम सम्पूर्ण रूपमा कट्टा गरिनेछ।

“राष्ट्रिय जीवन, सुरक्षित भविष्यको लागि…” भन्ने नारासहित कम्पनीले यस छुट योजनाबाट लाभ उठाउन सबै बीमितहरूलाई समयमै पुनर्जागरण प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया