Nepal Life

युनाइटेड अजोडको १० प्रतिशत बोनस शेयर घोषणा, चुक्ता पूँजी २ अर्ब ३१ करोड पुग्ने

NMB Bank
  • BFIS News
  • 2025 Jun 19 11:49
युनाइटेड अजोडको १० प्रतिशत बोनस शेयर घोषणा, चुक्ता पूँजी २ अर्ब ३१ करोड पुग्ने
National Life

काठमाडौं, असार ५ गते। युनाइटेड अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि कुल १०.५२६३% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 

Shikhar
NIMB

कम्पनीको सञ्चालक समितिको ६१औँ बैठकले सो लाभांश वितरणको निर्णय गरेको हो। उक्त लाभांश अन्तर्गत १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश प्रस्ताव गरिएको छ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ।

प्रस्तावित बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी २ अर्ब ३१ करोड पुग्नेछ। उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आउँदो वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ। युनाइटेड अजोद इन्स्योरेन्सको सेयर मूल्य हाल रु ५७०.८६ मा बन्द भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया