NIMB Header 2
Nepal Life

एशियन लाइफ इन्स्योरेन्स असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै

Citizen Life
  • BFIS News
  • 2025 Jun 22 11:35
एशियन लाइफ इन्स्योरेन्स असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै
National Life

काठमाडौं, असार ८ गते। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने घोषणा गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको ४२ प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

NIMB

यस योजनाअनुसार, कम्पनीले १० कित्ता बराबरमा ४.२ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्दैछ। यसरी, कम्पनीले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर निष्काशन गर्नेछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ। यसबाट कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको पूँजी संकलन हुनेछ।

हकप्रद शेयरका लागि कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। तसर्थ, जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरिसकेका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन १३ गतेसम्म तोकिएको छ।

शेयर निष्काशनको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई "आईआरएन ए माइनस (IRN A-)" को इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतालाई ‘पर्याप्त मात्रामा सुरक्षित’ रहेको संकेत गर्दछ।

यस हकप्रद निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले मुक्तिनाथ क्यापिटलसँगै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालयहरू तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।

यसबाहेक, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको सि–आस्वा सेवा र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको 'मेरो शेयर' प्रणाली मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

हाल एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि कम्पनीको पूँजी बढेर ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया