Nepal Life

सलीकोका अध्यक्ष मनोहरदास मूलद्वारा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बधाई

NMB Bank
  • BFIS News
  • 2025 Jun 23 20:07
सलीकोका अध्यक्ष मनोहरदास मूलद्वारा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बधाई
National Life

काठमाडौं, असार ९ गते। सलीको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स) का अध्यक्ष मनोहरदास मूलले नेपाल बीमा प्राधिकरणका नव नियुक्त अध्यक्ष शरद ओझासँग औपचारिक भेट गरी उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

 

Shikhar
NIMB

उक्त भेटघाटको क्रममा दुवै अध्यक्षबीच नेपालमा बीमा सचेतना अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको थियो। साथै, गैरजीवन बीमा क्षेत्रमा आम नागरिकको पहुँच विस्तार गरी नेपालको समग्र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने सम्भावनाबारे समेत गहन छलफल भएको थियो।

साझा उद्देश्यका साथ, नेपालमा बीमा सेवाको पहुँच वृद्धि र जनचेतनाको विकासमार्फत समृद्ध नेपालको निर्माणमा सालीको प्रतिबद्ध रहेको सन्देश अध्यक्ष मूलले व्यक्त गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया