जेठ महिनासम्ममा निर्जीवन बीमा व्यवसाय ३९ अर्ब ८८ अर्ब नाघ्यो, शिखरको सर्वाधिक सगरमाथा दोस्रो
- BFIS News
- 2025 Jun 26 21:53
काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा ३९ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। गएको वर्षको यहि अवधिमा ३६ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेका थिए।
यस वर्ष लघु बीमा कम्पनीहरुको व्यवसायमा पनि उल्लेख्य सुधार आएको छ। लघु बीमा कम्पनीहरुले मात्रै ८४ करोड ९५ लाख रुपैयाँ आर्जन गरेका छन्। गएको वर्षको यहि अवधिमा २३ करोड ९१ लाख थियो।
११ महिनामा सर्वाधिक धेरै बीमा शुल्क आर्जन शिखरको ५ अर्ब ९ करोड छ। त्यस्तै दोस्रो धेरै सगरमाथा लुम्बिनीको ४ अर्ब ५० करोड रहेको छ। तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले ३९ करोड आर्जन गरेको छ। सबैभन्दा कम नेशनल इन्स्योरेन्सको ९७ करोड रुपैयाँ छ। यहाँ तीन चार निर्जीवन लघु बीमा कम्पनीको व्यवसाय सबैभन्दा कम व्यवसाय गर्ने एउटा निर्जीवन बीमा कम्पनीको जति पनि छैन।
आर्थिक मन्दीको प्रभाव अहिले पनि निर्जीवन बीमा व्यवसायमा परिरहेको छ। निर्जीवन बीमा व्यवसायमा प्रभाव पार्ने मोटर बीमामा पनि खासै उल्लेख्य सुधार छैन। तै पनि सबैभन्दा धेरै बीमा मोटरकै ११ अर्ब ७४ करोड छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया