Nepal Life

नेशनल लाइफको सफलता: सशक्त वित्तीय सूचकहरूसहित बजार हिस्सामा उल्लेखनीय वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Jun 28 23:04
नेशनल लाइफको सफलता: सशक्त वित्तीय सूचकहरूसहित बजार हिस्सामा उल्लेखनीय वृद्धि
National Life

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सशक्त वित्तीय सूचकहरुसहित बजार हिस्सामा उल्लेखनीय बृद्धि गर्न सफल भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक वर्ष २०८०/८१ को समापनमा महत्वपूर्ण उपलब्धिहरू प्रस्तुत गर्दै कम्पनीको उल्लेखनीय प्रगति र आगामी योजनाबारे स्पष्ट धारणा व्यक्त गरेका छन्।

Shikhar
NIMB

खत्रीले कम्पनीले आर्थिक वर्ष २०८०/८१ लाई सफलताका साथ सम्पन्न गरेको उल्लेख गर्दै भने, "हाम्रो वित्तीय सूचकहरूले हाम्रो दिगो प्रगतिको स्पष्ट प्रमाण दिएका छन्।"

उनका अनुसार, कम्पनीको कुल बीमा शुल्क आर्जन २१.९०% ले बढेर रू. २० अर्ब ४९ करोड नाघेको छ। लगानी पोर्टफोलियो १७.३५% ले वृद्धि भई रू. ७० अर्ब १५ करोड, र त्यसबाट प्राप्त लगानी आम्दानी १४.९३% ले बढेर रू. ५ अर्ब ५९ करोड पुगेको छ।

कम्पनीले रू. ९४.२८ करोडको खुद नाफा आर्जन गरेको छ। यससँगै प्रति सेयर आम्दानी (EPS) रू. १८.८१, मूल्य-आम्दानी अनुपात (PE Ratio) ३१.६३ र पुँजी प्रतिफल (ROE) १२.१५% रहेको छ।

खत्रीका अनुसार, व्यवसाय वृद्धिसँगै कम्पनीको बजार हिस्सेदारी पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। बीमा सम्झौता दायित्वको कुल रकम रू. ७९ अर्ब ६० करोड, जुन २१.७०% को वृद्धि हो, र सक्रिय बीमा पोलिसी संख्या १५ लाख ३४ हजार ९७७ पुगेको छ।

भविष्यका योजनाहरू र डिजिटल रूपान्तरण

खत्रीले दीगो बीमा उत्पादन विकास र सेवाग्राहीमुखी सेवा प्रवाहमा केन्द्रित रहेको बताए। कम्पनीले हाल पोर्टफोलियो व्यवस्थापन, शेयर रजिष्ट्रार, निर्गम तथा बिक्री व्यवस्थापन, तथा धितोपत्र प्रत्याभूतिकरण जस्ता सेवा प्रवाह गर्ने सहायक कम्पनी स्थापनाको तयारी गरिरहेको छ।

डिजिटल प्रविधिको पूर्ण रूपमा उपयोग गर्दै कम्पनीले ग्राहक केन्द्रित दृष्टिकोण अपनाउँदै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरेको छ। खत्रीले भने, “डिजिटल क्षमताले दक्षता र स्रोतको अधिकतम उपयोग गर्दै लागत घटाउन मद्दत गरेको छ।” कम्पनीले कल सेन्टर र सामाजिक सञ्जालमार्फत सेवा प्रवाह तथा प्रवर्धन गरिरहेको छ।

मानव संसाधन, एजेन्सी सञ्जाल र सुशासनमा बल

कम्पनीले मानव संसाधन विकासमा नियमित तालिम प्रदान गर्दै आएको र व्यावसायिक एजेन्टहरूको विकासलाई प्राथमिकता दिएको पनि खत्रीले बताए। साथै कर्पोरेट सुशासन, जोखिम व्यवस्थापनमा मजबूती, र सेवा प्रवाहमा प्रभावकारिता थप्न निरन्तर काम भइरहेको छ।

सामाजिक उत्तरदायित्व र धन्यवाद ज्ञापन

कम्पनीले विभिन्न CSR कार्यक्रमहरू सञ्चालन गर्दै आएको र सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

सिइओ खत्रीले सञ्चालक समिति, कर्मचारीहरू, नेपाल बीमा प्राधिकरण, सरकारी निकाय, ग्राहक वर्ग, एजेन्सी सञ्जाल र अन्य सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै भने, "हामी दीगो व्यवसाय संचालनतर्फ निरन्तर प्रयत्नशील छौँ।"

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया