NIMB Header 2
Nepal Life

जीवन बीमा कम्पनीहरुले ११ महिनामा साढे खर्ब बढि बीमा शुल्क आर्जन, नयाँ व्यवसायमा प्रभु महालक्ष्मी सर्वाधिक आक्रामक

Citizen Life
  • BFIS News
  • 2025 Jun 29 18:17
जीवन बीमा कम्पनीहरुले ११ महिनामा साढे खर्ब बढि बीमा शुल्क आर्जन, नयाँ व्यवसायमा  प्रभु महालक्ष्मी सर्वाधिक आक्रामक
National Life

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा (साउनदेखि जेठ मसान्तसम्म) जीवन बीमा कम्पनीहरुले १ खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कुल बीमा व्यवसायमार्फत १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएका हुन्।

 

NIMB

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स ४१ अर्ब रुपैयाँ बीमा व्यवसायसहित अग्रस्थानमा रहँदा, नेशनल लाइफ १८ अर्ब ९० करोड र एलआईसी नेपाल १७ अर्ब २४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

त्यस्तै, हिमालयन लाइफ १५ अर्ब २२ करोड, सूर्यज्योति लाइफ ९ अर्ब ४५ करोड, राष्ट्रिय जीवन बीमा कम्पनी ९ अर्ब, एशियन लाइफ ७ अर्ब ८६ करोड, सिटिजन लाइफ ६ अर्ब ३२ करोड, सानिमा रिलायन्स लाइफ ५ अर्ब ९० करोड, र मेट लाइफ ५ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

अन्य कम्पनीहरुको विवरण हेर्दा, आइएमई लाइफ ४ अर्ब ७२ करोड, रिलायबल नेपाल लाइफ ४ अर्ब ५५ करोड, प्रभु महालक्ष्मी लाइफ ४ अर्ब ५४ करोड, र सन नेपाल लाइफ ३ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

नयाँ बीमा व्यवसायमा २३.६९ प्रतिशत वृद्धि

जीवन बीमा कम्पनीहरुले ११ महिनामा ३४ अर्ब ९ करोड ८५ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.६९ प्रतिशत ले वृद्धि हो।

नेपाल लाइफले सबैभन्दा धेरै ८ अर्ब २२ करोड ९० लाख रुपैयाँ नयाँ व्यवसाय भित्र्याएको छ, जुन गत वर्षको तुलनामा ३१.५९ प्रतिशतले वृद्धि हो। दोस्रोमा रहेको नेशनल लाइफको नयाँ व्यवसाय ४ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ पुग्दै १८.१२ प्रतिशत ले बढेको छ।

तेस्रो स्थानमा रहेको सूर्यज्योति लाइफले २ अर्ब ६० करोड ३४ लाख रुपैयाँ नयाँ व्यवसाय आर्जन गर्दै २९.३६ प्रतिशतको वृद्धि हासिल गरेको छ। एलआईसी नेपालले २ अर्ब ४१ करोड ६ लाख रुपैयाँ (१६.४६% वृद्धि) र हिमालयन लाइफले २ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ (१३.३२% वृद्धि) नयाँ व्यवसाय गरेको छ।

सर्वाधिक वृद्धिदर: राष्ट्रिय जीवन बीमा र प्रभु महालक्ष्मी

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यवसाय १२०.१७ प्रतिशत ले वृद्धि भएको छ। त्यस्तै, प्रभु महालक्ष्मी लाइफ पनि आक्रामक व्यवसाय विस्तारमा देखिएको छ। कम्पनीको नयाँ व्यवसाय ६९ प्रतिशत ले वृद्धि हुँदै दोश्रो उच्च वृद्धिदर कायम गरेको छ।

नविकरण बीमाशुल्कमा पनि उल्लेखनीय वृद्धि

११ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १३.११ प्रतिशत ले बढी हो।

सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ रहेको छ, जसको नविकरण बीमा शुल्क ११.८९ प्रतिशतले बढेर ३२ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, एलआईसी नेपालको नविकरण बीमाशुल्क ७.२७ प्रतिशतले बढेर १४ अर्ब ८३ करोड, नेशनल लाइफको १८.३६ प्रतिशतले बढेर १३ अर्ब ९८ करोड, र हिमालयन लाइफको २.४६ प्रतिशतले बढेर १२ अर्ब ९० करोड पुगेको छ।

यस अवधिमा नविकरण बीमाशुल्क आर्जनमा राष्ट्रिय जीवन बीमा कम्पनी ४४.८५ प्रतिशत वृद्धिदरसहित अग्रस्थानमा रहेको छ। रिलायबल नेपाल लाइफ पनि २३.६८ प्रतिशत वृद्धिदरसहित नविकरण बीमाशुल्क आर्जनमा उल्लेखनीय देखिएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया