Nepal Life

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सञ्चालकमा उम्मेद्वारी पनि दिन मिल्ने

NMB Bank
  • BFIS News
  • 2025 Jul 03 11:56
एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सञ्चालकमा उम्मेद्वारी पनि दिन मिल्ने
National Life

काठमाडौं, असार १९ – एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि, असार २० गते (शुक्रबार) का लागि बुक क्लोज गर्ने निर्णय गरेपछि आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउनेछन्।

Shikhar
NIMB

कम्पनीले आगामी असार ३० गते, सोमबार, बाराको सिमरास्थित होटल ईच्छामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउँसो १ बजे सुरु हुनेछ।

उक्त सभाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशत बोनस शेयर र त्यसबापत लाग्ने कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साथै, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण तर्फबाट २ जना सञ्चालकको निर्वाचन पनि हुने बताइएको छ। साथै, १ जना स्वतन्त्र सञ्चालक मनोनयन र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत सभाबाट पारित गरिनेछ।

शेयरधनीहरुलाई लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन आजभित्र सेयर कारोबार सुनिश्चित गर्न कम्पनीले आग्रह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया