एसियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सेयरमा आवेदन खुला, साउन १३ सम्म दिने समय
- BFIS News
- 2025 Jul 09 11:31
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि (असार २५ गते) ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ।
कम्पनीले १ः०.४२ को अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको हो। प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्यमा कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो।
यसका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, जेठ १५ गतेसम्म कम्पनीको सेयरधनी रहेका लगानीकर्ताले मात्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद साउन १३ गतेसम्म तोकिएको छ।
यस हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल, काठमाडौं वा एसियन लाइफ इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसबाहेक, धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी बढेर ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया