NIMB Header 2
Nepal Life

दिनको एक कप चियाको पैसा जोगाएर दुई लाखको जीवन बीमा: सरल बचत, सुरक्षित भविष्य

Citizen Life
  • BFIS News
  • 2025 Jul 13 14:17
दिनको एक कप चियाको पैसा जोगाएर दुई लाखको जीवन बीमा: सरल बचत, सुरक्षित भविष्य
National Life

काठमाडौं। "दिनको एक कप चियाको पैसा जोगाएर परिवारको भविष्य सुरक्षित गर्न सकिन्छ" भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ। बीमा विज्ञ कमल बहादुर पाण्डेका अनुसार यो विवरण केवल भावनात्मक मात्र नभई व्यावहारिक दृष्टिले समेत सान्दर्भिक देखिन्छ। उपलब्ध तथ्यांक र आर्थिक गणनाबाट हेर्दा, यसले जो कोहीलाई जीवन बीमा प्रति आकर्षित गर्न सक्छ।

NIMB

यदि कुनै पनि बीमितले २० वर्षसम्म निरन्तर रुपमा रु १०,८००/- प्रति वर्ष जीवन बीमामा योगदान गर्छन् भने, कुल योगदान रु २,१६,०००/- पुग्छ। जीवन बीमा कम्पनीको योजनाअनुसार, यसबीचमा यदि बीमितको मृत्यु भयो भने रु २ लाख वा सोभन्दा बढी बीमा रकम परिवारले पाउनेछ।

सामान्य योजनाहरूमा यस्तो बीमा सम्भव छ?

नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले न्यूनतम प्रिमियम दरमा समेत आधारभूत जीवन बीमा योजनाहरू प्रदान गर्दै आएका छन्। २५ देखि ४० वर्षसम्मको उमेर समूहका व्यक्तिहरूले वार्षिक १०–१२ हजारको प्रिमियम तिरेर रु २ लाख वा सोभन्दा बढीको बीमा कभरेज लिन सक्ने योजनाहरू बजारमा उपलब्ध छन्।

उदाहरणका लागि,

नेपालका अधिकाम्स जीवन बीमा कम्पनीहरुमा रु २ लाखदेखि सुरु हुने बीमालेखहरू छन्। कतिपय बीमा योजनामा बीमालेखको अवधि पुरा भएपछि बोनस सहितको रकम फिर्ता पाउने सुविधा पनि रहेका छन्।

जीवन बीमा = सुरक्षित भविष्य

- बीमा केवल मृत्यु पश्चातको क्षतिपूर्ति नभई दीर्घकालीन वित्तीय सुरक्षा हो।

- आकस्मिक मृत्यु भएमा परिवारलाई आर्थिक सहारा मिल्ने

- बीमा अवधिपछि रकम फिर्ता पाउने (यदि बोनससहितको योजना हो भने)

- बैंक कर्जामा ग्यारेन्टीको रुपमा प्रयोग गर्न सकिने

- कर छुटको सुविधा पाइने

जीवन बीमामा बिक्रीकला उपयोग

बिक्रीकलाका सर्जक कमल बहादुर पाण्डेले सामाजिक सञ्जाल मार्फत "एक कप चियाको पैसा बचाउँ, जीवन बीमा गरौं"  भन्दै सार्वजनिक रुपमा सन्देश प्रवाह गर्दै आइरहेका छन्। उनको यस अभियानले जीवन बीमाको जनचेतना फैलाउने मात्रै काम गरेको छैन बीमाको पहुँच विस्तारको समते काम गरिरहेको छ। उनले जीवन बीमालाई दैनिकीको सामान्य अभ्याससँग जोडिदिएका छन्। जीवन बीमा सम्बन्धित विषयवस्तुलाई छोटो, सरल र भावनात्मक शैलीमा तयार उनले धेरैलाई जीवन बीमा प्रति आकर्षित गर्दै आइरहेका छन्।

सानो बचत, ठूलो सुरक्षा

वास्तवमा, दिनको रु ३० जोगाउनु असम्भव होइन। तर यसले २० वर्षपछि परिवारको जीवनमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्न सक्छ। बीमा केवल कागजी सम्झौता होइन, जीवनको अनिश्चिततालाई व्यवस्थापन गर्ने सबैभन्दा भरपर्दो माध्यम भएको उनि बताउछन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया