Nepal Life

बीमा कम्पनीहरुले व्यवसायिक लक्ष्य निर्धारण गर्दा नवीकरण र म्यादी बीमाशुल्कलाई पनि अनिवार्य रूपमा समावेश गर्न पर्ने

NMB Bank
  • BFIS News
  • 2025 Jul 14 14:25
बीमा कम्पनीहरुले व्यवसायिक लक्ष्य निर्धारण गर्दा नवीकरण र म्यादी बीमाशुल्कलाई पनि अनिवार्य रूपमा समावेश गर्न पर्ने
National Life

काठमाडौं, ३० असार। नेपाल बीमा प्राधिकरणले देशभरका जीवन बीमा कम्पनी तथा लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्ष २०८२/८३ का लागि व्यवसायिक लक्ष्य निर्धारण गर्दा नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ।

Shikhar
NIMB

प्राधिकरणले परिपत्रमा जारी गर्दै बीमा कम्पनीहरूलाई आफ्ना मातहतका कर्मचारी, शाखा, उपशाखा, प्रादेशिक कार्यालय तथा विभागहरूलाई दिइने व्यवसायिक लक्ष्य (मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक) तय गर्दा अबदेखि प्रथम बीमाशुल्क मात्र होइन, नवीकरण बीमाशुल्क र म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ भनिएको छ।

बीमकहरू व्यवसायिक लक्ष्य निर्धारण गर्दा सावधिक तथा एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरूलाई मात्रै प्राथमिकता दिइएको भन्ने गुनासाहरू प्राधिकरणमा आइरहेका थिए। यसका कारण बीमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न नसकेको, बीमा अवधि नपुग्दै बीमालेखहरू व्यतित वा समर्पण हुने समस्या देखापरेको, साथै गुणस्तरीय र भरपर्दो बीमा सेवा प्रवाहमा चुनौती थपिएको प्राधिकरणले जनाएको छ।

यी सबै समस्या र चुनौतीहरूलाई ध्यानमा राख्दै बीमा प्राधिकरणले व्यवसायिक लक्ष्य निर्धारणका मापदण्डलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ निर्देश जारी गरेको हो। यसबाट बीमा सेवा समावेशी र दिगो हुने विश्वास प्राधिकरणले लिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया