NIMB Header 2
Nepal Life

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज–फ्रन्टलाइन अस्पतालबीच नगद रहित सेवा सम्झौता

Citizen Life
  • BFIS News
  • 2025 Jul 14 18:00
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज–फ्रन्टलाइन अस्पतालबीच नगद रहित सेवा सम्झौता
National Life

काठमाडौं, असार ३० — आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरस्थित Nobel College of Health and Education (P) Limited – Frontline Hospital बीच नगद रहित (Cashless) स्वास्थ्य सेवा सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

NIMB

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबेल कलेज–फ्रन्टलाइन अस्पतालका क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन्। यस सम्झौतासँगै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म अस्पतालबाट नगद नतिरीकै उपचार सेवा प्राप्त गर्न सक्ने छन्।

कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले बीमा खरिदकर्ताहरुले फ्रन्टलाइन अस्पतालसँगको सहकार्यबाट सहज, सरल र भरपर्दो उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे। उनले अस्पतालसँग आबद्ध चिकित्सक, कर्मचारी र सेवाग्राहीहरुलाई आइजीआई प्रुडेन्सियलबाट औषधोपचारसहितका सम्पूर्ण निर्जीवन बीमा सेवा लिन अनुरोध गरे।

त्यस अवसरमा अस्पतालका क्लिनिकल अध्यक्ष डा. न्यौपानेले बीमा सेवा लिने ग्राहक सन्तुष्ट रहँदै आएको र अस्पतालको सेवामा रुचि राख्नेहरुको संख्यामा क्रमशः वृद्धि भइरहेको जानकारी दिए। उनले आइजीआईसँगको सहकार्यले उपचार सेवा थप प्रभावकारी र छरितो बन्ने विश्वास व्यक्त गरे।

यो सम्झौतासँगै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकहरुले अब Nobel College – Frontline Hospital मा नगद रहित सुविधा सहित गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया