Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सले व्यवसाय विस्तारका लागि ७५.८१ करोड रुपैयाँ बराबरको जग्गा खरिद

NMB Bank
  • BFIS News
  • 2025 Jul 18 12:25
हिमालयन लाइफ इन्स्योरेन्सले व्यवसाय विस्तारका लागि ७५.८१ करोड रुपैयाँ बराबरको जग्गा खरिद
National Life

काठमाडौं, साउन २ हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यवसाय विस्तारका लागि काठमाडौं महानगरपालिका–६, चाबहिलस्थित ३,६८८.२० वर्गमिटर क्षेत्रफलको चार वटा कित्तामा रहेको जग्गा खरिद गरेको छ। नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि यो खरिद प्रक्रिया सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ।

Shikhar
NIMB

कम्पनीले खरिद गरेको जग्गामा कित्ता नं. १० (१६२.२० वर्गमिटर) र कित्ता नं. १९१ (२,१२६ वर्गमिटर) किरणलाल श्रेष्ठ र धु्रवा कुमारी श्रेष्ठको नाममा दर्ता छन्। यस्तै, कित्ता नं. ३१० (१७२.८६ वर्गमिटर) सुन्दर कुमार श्रेष्ठ र कित्ता नं. ३११ (१,२२७.१४ वर्गमिटर) पुनः किरणलाल श्रेष्ठको नाममा दर्ता छन्।

जग्गा खरिदका लागि कम्पनीले कुल ७२ करोड रुपैयाँ खर्च गरेको छ भने रजिष्ट्रेसन शुल्क वापत थप ३ करोड ८१ लाख ६ हजार रुपैयाँ व्यय भएको छ। कुल लागत ७५ करोड ८१ लाख ६ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

२०७९ असार ३० गते खरिद प्रक्रिया सम्पन्न भएको र सो जानकारी कम्पनीले आफ्ना लगानीकर्ता तथा सरोकारवालाहरुलाई जानकारी गराउन सार्वजनिक गरेको हो। कम्पनीले यो लगानीलाई दीर्घकालीन पूर्वाधार विस्तार तथा व्यवसाय वृद्धिका रूपमा लिएको स्पष्ट पारेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया