Nepal Life

शिखर इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयद्धारा सुराजी देवी माध्यमिक विद्यालयलाई २१ वटा सिलिङ फ्यान प्रदान

NMB Bank
  • BFIS News
  • 2025 Jul 27 19:43
शिखर इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयद्धारा सुराजी देवी माध्यमिक विद्यालयलाई २१ वटा सिलिङ फ्यान प्रदान
National Life

वीरगञ्ज, साउन ११ गते। शिक्षाको क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले शिखर इन्स्योरेन्स कम्पनीको मधेश प्रदेश कार्यालयले वीरगञ्ज–१२ मुरलीस्थित श्री सुराजी देवी माध्यमिक विद्यालयलाई २१ वटा सिलिङ फ्यान प्रदान गरेको छ।

Shikhar
NIMB

विद्यालयमा आयोजित एक समारोहबीच उक्त सहयोग प्रदान गरिएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नन्दकिशोर रामले शिखर इन्स्योरेन्सप्रति कृतज्ञता व्यक्त गर्दै, यस्तो सहयोगले कक्षाकोठामा अध्ययन गर्ने विद्यार्थीहरूलाई गर्मी मौसममा सहज वातावरण प्रदान गर्ने बताएका थिए।

कार्यक्रमको अध्यक्षता शिखर इन्स्योरेन्सका प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताले गरेका थिए। कार्यक्रममा धिरज साहसहित विद्यालय व्यवस्थापन समिति र स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

शिक्षाको गुणस्तर सुधारमा प्रत्यक्ष प्रभाव पार्ने यस्ता पहलले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिखर इन्स्योरेन्सको प्रतिबद्धता झल्किएको प्रधानाध्यापक रामले बताए। विद्यालय व्यवस्थापन समितिले समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर हुने यस्ता सहयोगले समुदायको समग्र उत्थानमा सकारात्मक प्रभाव पार्ने भन्दै अन्य संस्थाहरूलाई पनि यस्तै प्रयासमा सहभागी हुन आह्वान गरेको छ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी दिनहरूमा पनि समुदायमा आधारित सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया