NIMB Header 2
Nepal Life

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको सुर्खेत शाखाको अधिवेशन सम्पन्न, भक्त बहादुर कार्कीको अध्यक्षतामा कार्यसमिति चयन

Citizen Life
  • BFIS News
  • 2025 Jul 28 05:37
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको सुर्खेत शाखाको अधिवेशन सम्पन्न, भक्त बहादुर कार्कीको अध्यक्षतामा कार्यसमिति चयन
National Life

सुर्खेत, साउन ११। पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफको सुर्खेत शाखाको तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वलाई विभिन्न तहका प्रतिनिधिहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।

NIMB

भक्त बहादुर कार्कीको अध्यक्षतामा गठित कार्यसमितिमा तिर्थ राज शाह उपाध्यक्ष, देबि कार्की कोषाध्यक्ष, कबिराज रिजाल सचिव र हिरा बहादुर खत्री सहकोषाध्यक्ष चयन भएका छन्। यस्तै, सदस्यहरूमा निर्मला सोनी, रतन बहादुर कटुवाल, सिता रिजाल र ललिता आउजी सर्वसम्मत रूपमा चयन भएका हुन्।

नवनिर्वाचित पदाधिकारीहरूलाई बिमक नेपाल लाइफका केन्द्रीय उपाध्यक्ष जुहारी लाल चौलागाईं (जय प्रकाश) ले बधाई दिंदै बीमा व्यवसायलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने अभियानमा नयाँ समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, "हामी सबै मिलेर अभिकर्ताको हित र व्यावसायिक मर्यादाका लागि सशक्त रूपमा अघि बढ्नेछौं।"

संघका केन्द्रीय सदस्य सन्तोष शर्माले पनि कार्यक्रमलाई सम्बोधन गर्दै नवगठित टिम सक्षम, उत्साही र समर्पित रहेको उल्लेख गरे। उनले केन्द्रबाट आवश्यक समन्वय र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

कर्णाली प्रदेश अध्यक्ष कृप राज भट्टले बीमा सेवा विस्तार र अभिकर्ता सशक्तीकरणमा सुर्खेत शाखाको सक्रियता महत्वपूर्ण रहेको बताए। उनले नयाँ नेतृत्वले यो अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरे।

अधिवेशनमा जिल्लाभरका बीमा अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बीमा क्षेत्रका वर्तमान चुनौती, अवसर र अभिकर्ताहरूको समग्र सशक्तीकरणका विषयमा गहन छलफलसमेत गरिएको थियो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया