Nepal Life

३५० भन्दा बढि अभिकर्ताको सहभागितामा सन नेपाल एचिभर नाइट २०८२ सम्पन्न 

NMB Bank
  • BFIS News
  • 2025 Jul 29 21:18
३५० भन्दा बढि अभिकर्ताको सहभागितामा सन नेपाल एचिभर नाइट २०८२ सम्पन्न 
National Life

काठमाडौं। जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहास्थित होटल  सेभेन स्टार लिमिटेडमा सम्पन्न भएको छ।

Shikhar
NIMB

कार्यक्रममा विभिन्न बिधाहरुमा सर्वोत्कृष्ट हुने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । MDRT २०२५, सर्वाधिक बीमालेख बिक्री, ब्यक्तिगत तथा टीम ब्यवसायमा सर्वाधिक बीमाशुल्क संकलन, सर्वाधिक अभिकर्ता सक्रियता आदि विभिन्न विधाहरुमा अब्बल हुने अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

साथै कम्पनीले ब्यवसायका आधारमा अभिकर्ताहरुलाई शुक्र, चन्द्र , मंगल तथा दी सन क्लब मा बर्गिकरण गरी सोही अनुसारको सम्मान पनि गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ लगायत बरिष्ठ प्रदाधिकारीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले यस प्रकारको कार्यक्रमले अभिकर्ताहरुको व्यक्तित्व बिकास भई ग्राहक बर्गमा पुर्‍याउने सेवामा थप दक्षता अभिबृद्धि गरि कम्पनी प्रतिको निष्ठा, भरोसा, मिहिनेत र बीमितप्रतिको उत्तरदायित्वको नै कम्पनीको मेरुदण्ड भएको जानकारी गराए। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया