NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय 'लिडरसिप एक्सिलेन्स अवार्ड २०२५' भव्य रूपमा सम्पन्न

Citizen Life
  • BFIS News
  • 2025 Aug 07 20:18
नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय 'लिडरसिप एक्सिलेन्स अवार्ड २०२५' भव्य रूपमा सम्पन्न
National Life

काठमाडौं। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा आयोजित तीन दिवसीय Leadership Excellence Awards 2025 कार्यक्रम श्रावण १६ देखि १८ गतेसम्म राजधानीको द सोल्टी काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ।

NIMB

"लायन वर्ष: लिड, रोअर, रिपिट" भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा देशभरिका उत्कृष्ट ४४० जना एजेन्सी र एजेन्सी मेनेजरहरू सहित कम्पनीका विभिन्न कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक बिमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले संयुक्त रूपमा गरेका थिए।

कम्पनीको ऐतिहासिक उपलब्धिमा बधाई

कार्यक्रममा सञ्चालक कमलेश कुमार अग्रवाल ले आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले पहिलो बीमा शुल्कमा ऐतिहासिक १० अर्ब रुपैयाँको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई बधाई र धन्यवाद ज्ञापन गरे। त्यसैगरी सञ्चालक बिमल ढकाल ले आर्थिक मन्दीको परिस्थितिमा समेत कम्पनीका अभिकर्ताहरूले देखाएको उत्कृष्ट कार्यसम्पादनको सराहना गर्दै धन्यवाद प्रकट गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले सम्मानित अभिकर्ताहरूलाई बधाई दिंदै आगामी आर्थिक वर्ष २०८२/८३ को व्यापार लक्ष्य हासिल गर्न सुरु देखिनै दत्तचित्त भई काम गर्न प्रेरित गरे। उनले अघिल्लो वर्षको व्यापार समीक्षा गर्दै नयाँ वर्षको सेल्स रणनीति पनि सम्मेलनमार्फत प्रस्तुत गरे।

कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल ले व्यवसायिक लक्ष्य हासिल गर्न सघाउने सम्पूर्ण अभिकर्ता र कर्मचारीहरूलाई धन्यवाद दिए। उनले कम्पनीले संरचनात्मक परिवर्तन गरी सेवा प्रवाहमा सुधार ल्याएको र व्यवसाय गर्न झन सहज भएको बताए।

पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी ले कम्पनीको लक्ष्य हासिलमा सघाउने सबैलाई आभार व्यक्त गर्दै आगामी लक्ष्य प्राप्तिमा पनि हालको टिम सक्षम रहेको बताएका थिए।

त्यस्तै पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी ले नेपाल लाइफका अभिकर्ता देशकै सबैभन्दा सक्षम रहेको उल्लेख गर्दै सिकाइ र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए।

उत्कृष्ट अभिकर्ता तथा एजेन्सी मेनेजरलाई सम्मान

कार्यक्रममा व्यक्तिगत कोड तर्फबाट ३२९ र एजेन्सी मेनेजर तर्फबाट १११ जनालाई उत्कृष्ट अवार्ड प्रदान गरिएको थियो। साथै: ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक तथा २५७ जनालाई समृद्धि पदक बाट विभूषित गरिएको थियो।

विशेष सम्मान प्राप्त गर्नेहरू:

एजेन्सी मेनेजर तर्फ नेपाल प्रथम मदन भट्ट, द्वितीय स्नेहा भट्ट, तृतीय बसन्ती शर्मा, व्यक्तिगत कोड तर्फ नेपाल प्रथम सुमित्रा भट्ट, द्वितीय: अर्बिन राजबंशी, तृतीय आयुष कुँवर, उनीहरूलाई अवार्डसहित नगद पुरस्कार समेत प्रदान गरिएको थियो।

तीन दिनसम्म चलेको कार्यक्रममा चर्चित मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्री को विशेष प्रस्तुति रहेको थियो, जसले उपस्थितहरूमा थप उत्साह र ऊर्जा थपेको थियो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया