NIMB Header 2
Nepal Life

सन नेपाल लाइफ जीवन बीमा व्यवसायमा सर्वाधिक आक्रामक, २८% बृद्धिसहित ५ अर्ब रुपैयाँको कुल व्यवसाय

Citizen Life
  • BFIS News
  • 2025 Aug 08 22:57
सन नेपाल लाइफ जीवन बीमा व्यवसायमा सर्वाधिक आक्रामक, २८% बृद्धिसहित ५ अर्ब रुपैयाँको कुल व्यवसाय
National Life

काठमाडौँ, २१ साउन।जीवन बीमा क्षेत्रको समीक्षा गर्दा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सर्वाधिक आक्रामक रूपमा अगाडि देखिएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २८.८० प्रतिशतको उच्च व्यवसायिक बृद्धि हासिल गर्दै ५ अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

NIMB

नेपाल बीमा प्राधिकरणद्वारा प्रकाशित विवरणअनुसार, समग्र जीवन बीमा व्यवसायमा औसत १६ प्रतिशतको वृद्धि भएको अवस्थामा सन नेपाल लाइफको बृद्धिदर एकदमै राम्रो देखिएको हो। कम्पनीले सो अवधिमा १ अर्ब १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क, १ अर्ब ३ करोड रुपैयाँ वैदेशिक रोजगार बीमालेखमार्फत, र २ अर्ब ८० करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्दै कुल बीमाशुल्क ५ अर्ब रुपैयाँ नाघेको हो।

सन नेपाल लाइफले बैदेशिक रोजगारका अतिरिक्त कन्भेन्सनल पोलिसीमा पनि उत्तीकै प्राथमिकता दिन थालेको छ। कम्पनीले अवको केहि वर्षमै अन्य कम्पनीको भन्दा राम्रो जीवन बीमा कोष र हरेक सूचकमा अब्बल बनाउने रणनीनि लिएको छ। यहि रणनीनि अनुरुप शाखा विस्तार गर्नेदेखि लिएर ठुलो संख्यामा कर्मचारी समेत नियुक्ति गरेको छ। यस सँगै अभिकर्ताको विस्तारलाई पनि प्राथमिकता दिएको छ।

जीवन बीमा व्यवसायलाई अझ व्यवसायिक र उच्च स्तरमा पुर्याउन प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गएको वर्ष फरक रणनीति अख्तियार गरेका थिए। उनको रणनीतिको परिणाम स्वरुप यस वर्ष कम्पनीको राम्रो सुधार देखिएको हो। सन नेपालले गएको वर्ष बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाललाई भित्र्याएका थिए। उनि सँगै ठुलो र शशक्त टिम तयार भएको छ। 

बृद्धिदरको आधारमा एशियन लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहँदै २७.२३ प्रतिशत व्यवसाय वृद्धि गर्न सफल भएको छ। तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफले २५.५५ प्रतिशत वृद्धि गर्दै प्रतिस्पर्धात्मक उपस्थिति जनाएको छ।

बीमा शुल्क आर्जनमा नेपाल लाइफ अग्रणी

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कुल बीमा शुल्क आर्जनमा सबैभन्दा अगाडि रहँदै ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.५९ प्रतिशतको वृद्धि हो।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले २२ अर्ब ४२ करोड रुपैयाँ आर्जन गर्दै दोस्रो स्थानमा रहँदै १६.७७ प्रतिशतको बृद्धि देखाएको छ।यस वर्षको वित्तीय समीक्षा अनुसार, सन नेपाल लाइफ इन्स्योरेन्सले ल्याएको व्यवसायमुखी रणनीति र आक्रामक विस्तार नीतिले कम्पनीलाई तीव्र बृद्धिमा अग्रस्थानमा पुर्याएको छ। यस्तो प्रगतिले कम्पनीलाई भविष्यमा अझ सशक्त र प्रतिस्पर्धी बनाउने संकेत दिएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया