Nepal Life

यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा २१ करोड २४ लाख, प्रतिशेयर आम्दानी ११.८३ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 12:53
यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा २१ करोड २४ लाख, प्रतिशेयर आम्दानी ११.८३ रुपैयाँ
National Life

काठमाडौं, ३० साउन। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा २१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा २४ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो।

Shikhar
NIMB

नाफा घटेपनि कम्पनीको बीमा व्यवसायमा भने वृद्धि देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्ष ७.२९ प्रतिशतको वृद्धि गर्दै १ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो उपलब्धिमा कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूको मेहनतको मुख्य भूमिका रहेको कम्पनीले उल्लेख गरेको छ।

व्यवसाय वृद्धि भए पनि लगानी तथा कर्जाबाट प्राप्त आम्दानी घटेकाले कम्पनीको कुल आम्दानीमा भने सामान्य गिरावट आएको छ। अघिल्लो वर्ष १ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष ४.७६ प्रतिशतको गिरावटसहित १ अर्ब ७४ करोड रुपैयाँ मात्रै आम्दानी गर्न सकेको हो।

आम्दानीमा गिरावट आएपछि कम्पनीले खर्चमा समेत कटौती गरेको छ। कुल खर्च ०.८० प्रतिशत घट्दै १ अर्ब ४२ करोड रुपैयाँबाट १ अर्ब ४१ करोड रुपैयाँमा झरेको छ। कमिशनमा समेत २७.९२ प्रतिशत कटौती गर्दै ७ करोड ६२ लाख रुपैयाँबाट साढे ५ करोड रुपैयाँमा झरेको छ। कम्पनीको दाबी भुक्तानी २२.९६ प्रतिशतले बढेर एक अर्ब ९० करोड नाघेको छ। 

खुद नाफा घटेका कारण कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि ११.८३ रुपैयाँबाट घटेर ९.३७ रुपैयाँमा पुगेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७६.७६ रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँबाट १० प्रतिशतले वृद्धि भई २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। हाल कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब २ करोड रुपैयाँ, महाविपत्ति कोषमा साढे ४ करोड रुपैयाँ र जगेडा कोषमा १० करोड रुपैयाँ रहेको छ। गएको आर्थिक वर्ष ठुला ठुला प्राकृतिक विपदले गर्दा कम्पनीको मुनाफामा प्रभाव पारेको हो। यसका साथै बैंक वित्तीय संस्थाको व्याजदर घट्दा पनि असर गरेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया