Nepal Life

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख सूचांकहरूमा लोभलाग्दो प्रगति, प्रतिशेयर आम्दानी १२ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 13:05
आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख सूचांकहरूमा लोभलाग्दो प्रगति, प्रतिशेयर आम्दानी १२ रुपैयाँ
National Life

काठमाडौं, साउन ३०। आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो अर्थात् अन्तिम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीका प्रमुख वित्तीय सूचांकहरूमा उल्लेखनीय प्रगति देखिएको छ।

Shikhar
NIMB

विवरण अनुसार कम्पनीको चुक्ता पुँजी तीन अर्ब दुई करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा नौ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १७ करोड २० लाख रुपैयाँ सञ्चित रहेको उल्लेख छ।

कम्पनीको बीमा कोष भने सामान्य अंकले घट्दै चार अर्ब २४ करोड ९० लाख रुपैयाँमा झरेको छ। बीमा शुल्क आर्जनतर्फ कम्पनीले एक अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ, जुन अघिल्लो आवको तुलनामा १२.२६ प्रतिशतले बढी हो।

बीमा दावी भुक्तानीतर्फ कम्पनीले समग्र दुई अर्ब ४६ करोड ३२ लाख रुपैयाँको दावी भुक्तानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो। त्यस्तै, लगानी, कर्जा तथा अन्य आयबाट कम्पनीले २५ करोड ४९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ।

हालको विवरणअनुसार कम्पनीको कुल आम्दानी भने ६.७९ प्रतिशतले घट्दै दुई अर्ब १७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ। कुल खर्च एक अर्ब ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ।

कम्पनीको खुद मुनाफा भने थोरै घटेर ३६ करोड ४९ लाख रुपैयाँमा पुगेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ दुई पैसा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया