Nepal Life

एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने

NMB Bank
  • BFIS News
  • 2025 Sep 07 11:14
एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने
National Life

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेड (ALICL) ले अवितरित हकप्रद शेयर आज (भदौ २२ गते) देखि लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ।

Shikhar
NIMB

कम्पनीले गत असार २५ देखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो। सो अवधिमा आवेदन नपरेका अवितरित शेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।

लिलामीमार्फत संस्थापक समूहतर्फ ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फ ३ लाख २८ हजार ४७३.९१ कित्ता शेयर बिक्रीमा ल्याइएको छ। न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

आवेदनका लागि संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ता अनिवार्य तोकिएको छ। अधिकतम संख्यामा भने कुनै सीमा राखिएको छैन।

यस लिलामीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयमार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन्। ती शाखामध्ये ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ, बुटवल, घोराही–दाङ, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर समावेश छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया