Nepal Life

सिटिजन लाइफले व्यतित बीमालेख विकरण गर्दा बिलम्ब शुल्कमा सत प्रतिशत छुट दिने

NMB Bank
  • BFIS News
  • 2025 Sep 17 20:30
सिटिजन लाइफले व्यतित बीमालेख विकरण गर्दा बिलम्ब शुल्कमा सत प्रतिशत छुट दिने
National Life

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशमा हाल देखिएको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै बीमालेख नविकरण गर्न छुटेको वा समयमै बीमा शुल्क भुक्तानी गर्न नसकेर बीमालेख व्यतित भएका बीमितहरूको लागि विशेष छुट दिने भएको छ।

Shikhar
NIMB

कम्पनीले २०८२ भाद्र ३० गतेदेखि २०८२ असोज १२ गतेसम्मका लागि विलम्ब शुल्क (ब्याज) मा १०० प्रतिशत छुट प्रदान गर्दै व्यतित बीमालेखहरू पुनर्जागरण गर्न सकिने व्यवस्था गरेको छ। यो व्यवस्था नेपाल बीमा प्राधिकरणद्वारा जारी “जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९” को दफा ११ को उपदफा (२) र (३) अनुसार गरिएको हो।

प्रमुख शर्तहरू:

१. यो सुविधा बीमा अवधि भरि एक पटक मात्र प्राप्त गर्न सकिनेछ।

२. छुट पाएको बीमालेख पुनर्जागरण मितिबाट २ वर्षभित्र समर्पण (surrender) भएमा छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क कट्टा गरिनेछ।

३. बीमालेखमा उल्लेखित सामान्य शर्तहरू यथावत् लागू हुनेछन्।

विलम्ब शुल्क छुटको यो सुवर्ण अवसरको लाभ उठाउँदै, २०८२ असोज १२ गतेभित्र आफ्नो बीमालेख पुनः सक्रिय गराउन कम्पनीले आह्वान गरेको छ। बीमालेख पुनर्जागरण गर्दा पेश गर्नुपर्ने कागजातका लागि तपाईं नजिकको शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

 बीमा एउटा अनुशासित बचत र जोखिम न्यूनीकरण गर्ने सुरक्षा कवच हो, त्यसैले समयमै प्रिमियम तिर्नुपर्छ र आफू तथा आफ्नो परिवारलाई सुरक्षित राख्न सकिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया