Nepal Life

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा १ करोड ५० लाख सहयोग

NMB Bank
  • BFIS News
  • 2025 Oct 07 11:50
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा १ करोड ५० लाख सहयोग
National Life

काठमाडौं, असोज २१ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

Shikhar
NIMB

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममार्फत उक्त रकम औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी संरचनामा आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेपछि सरकारले पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका उद्देश्यले “भौतिक पूर्वाधार पुनर्निर्माण कोष” स्थापना गरेको हो।

बीमा प्राधिकरणले यसअघि नै बीमा कम्पनीहरूलाई सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको रकम उक्त कोषमा जम्मा गर्न सक्ने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो योगदान स्वरूप यो सहयोग रकम प्रदान गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया