Nepal Life

कर्मचारी र अभिकर्ता व्यवस्थापन गर्न नसक्दा हिमालयन लाइफका कर्णले दिए राजिनामा

NMB Bank
  • BFIS News
  • 2025 Oct 13 17:24
कर्मचारी र अभिकर्ता व्यवस्थापन गर्न नसक्दा हिमालयन लाइफका कर्णले दिए राजिनामा
National Life

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले राजिनामा दिएका छन्। अभिकर्ताले बोनसदर बढाउनु पर्ने माग राख्दै चरणबद्ध आन्दोलन गरे पछि उनले पदबाट राजिनामा दिएर बाहिरिएका हुन्। 

Shikhar
NIMB

अभिकर्ताले न्युनतम प्रतिहजार ५० रुपैयाँ बोनसदर दिनु पर्ने अडान लिएर पछि आफुले पदबाट राजिनामा दिएको कर्णले बताए। शुक्रवार अभिकर्ताले कर्णलाई घेराउ गर्दै राजिनामा माग गरेका थिए। 

मर्जर पछि कर्मचारी व्यवस्थापनमा ठुलो चुनौती सामना गर्दै आइरहेका कर्णलाई गाह्रो परिरहेको थियो। साविक युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ मर्जर भएर हिमालयन लाइफ बनेको थियो। साविक युनियन लाइफका कर्ण सञ्चालकका सबैभन्दा प्रिय थिए। उनलाई अभिकर्ता तथा कर्मचरीले पनि सञ्चालकको प्रिय बनेको तर आफुहरुलाई वेवास्था गरेको र मागहरु पुरा नगरेको भन्दै विरोध जनाउदै आइरहेका थिए। 

नेपाल बीमा प्राधिकरणले मर्जरको नीति लिए पछि मर्जरमा गएका अधिकाम्स बीमा कम्पनीहरु आन्तरिक रुपमा ठुलो समस्या झेल्दै आइरहेका छन्। कर्मचारी व्यवस्थापनदेखि लिएर अन्य धेरै पाटोलाई सम्हाल्न नसक्दा धेरै गाह्रो पनि परिरहेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया