एशियन कंक्रिटोले आइपिओ निष्काशन गर्ने, डाक्यो वार्षिक साधारणसभा
- BFIS News
- 2025 Oct 15 11:21

काठमाडौं। एशियन कंक्रिटो लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्काशनको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ।
एशियन कंक्रिटो लिमिटेडको २०८२ साल असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा आगामी मिति २०८२ साल कार्तिक १९ गते, दिनको १२:३० बजे, कम्पनीको कार्यालय रामग्राम नगरपालिका–१६, नवलपरासीमा बस्ने निर्णय गरेको हो।
उक्त सभामा विभिन्न प्रस्ताव तथा विषयहरूमा छलफल गरी आवश्यक निर्णय हुने जानकारी कम्पनीले दिएको छ। सभामा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुमोदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको आर्थिक विवरण पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयमा निर्णय गरिनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ मा सीमा भन्दा बढीको चन्दा र चुक्ता पूँजी तथा संचित मुनाफाको कूल रकम भन्दा बढी ऋण लिएको विषय अनुमोदन गर्ने एजेन्डा पनि सभामा पेस गर्ने भएको हो।
कम्पनीले नयाँ प्रबन्धपत्र तथा नियमावली अनुसार सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गर्नेछ। सो सार्वजनिक निष्काशनका लागि छुट्याइएको शेयरमध्ये धितोपत्र सम्बन्धी प्रचलित कानुनअनुसार सम्बन्धित क्षेत्र तथा समूहलाई निश्चित प्रतिशतमा शेयर वितरण गर्ने विषयमा समेत छलफल हुनेछ।
साथै, सार्वजनिक निष्काशनपछि संशोधित प्रबन्धपत्र तथा नियमावलीअनुसार सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, परिमार्जन वा अद्यावधिक गर्ने कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।
त्यस्तै, प्रारम्भिक सार्वजनिक निष्काशनसम्बन्धी कार्यहरू तथा साधारण सभाबाट भएको निर्णयको कार्यान्वयनका लागि आवश्यक थप निर्णय वा कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र विविध विषयमा छलफल गर्ने एजेन्डा समेत सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।
एशियन कंक्रिटो लिमिटेड नेपालका निर्माण क्षेत्रमा सबैभन्दा विश्वासिलो र रुचाइएको नामहरूमध्ये एक बनेको छ। कम्पनीले अन्य असंगठित प्रतिस्पर्धीहरूभन्दा फरक पहिचान बनाउन सफल भएको छ, जसको कारण यसको स्पष्ट रणनीति र गुणस्तरीय उत्पादन हो। उत्कृष्ट कच्चा पदार्थहरूको प्रयोगदेखि लिएर जर्मनी प्रविधिद्वारा उत्पादन गरिएका हरेक ब्लकहरू निर्माण, डिजाइन र आकारका हिसाबले उच्चस्तरीय गुणस्तरका छन्।
नेपालमा उत्तम लेन्डस्केपिङ उत्पादनहरू — जस्तै पेभर, ब्लक, इँटा र टायल्स — खोज्नेहरूका लागि एशियन कंक्रिटो नै सही गन्तव्य हो। कम्पनीले आफ्ना उत्पादनहरूमा टिकाउपन, सौन्दर्य र विश्वसनीयता सुनिश्चित गर्दै देशभरका उपभोक्ताको विश्वास जित्दै आएको छ।
प्रतिक्रिया