राधी विद्युत कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृति
- BFIS News
- 2025 Oct 26 11:47
काठमाडौँ । विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको छ। आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ६९.८९ प्रतिशत अर्थात् १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।
कम्पनीको सञ्चालक समितिको बैठकले १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसाको हालको चुक्ता पूँजीमा आधारित रही सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो। सो प्रस्तावलाई विद्युत नियमन आयोगले स्वीकृति दिएको हो।
तर, कम्पनीले हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाउनका लागि अब नेपाल धितोपत्र बोर्ड (SEBON) बाट अन्तिम स्वीकृति लिनुपर्नेछ। साताको अन्तिम कारोबारको समयमा राधी विद्युत कम्पनीको शेयर मूल्य प्रतिशेयर रु. ६३९.०० मा रहेको छ।
यस हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजीमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ, जसले कम्पनीको वित्तीय सुदृढता र आगामी विस्तार योजनामा सहयोग पुर्याउने बताइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










_jEGOtGcTjV.jpg)






प्रतिक्रिया